मुख्य समाचार
कांग्रेस नेता शशांक कोइरालाले लगातार विजय हाासिल गर्दै आएको क्षेत्रमा यसपटक एमाले र रास्वपा पनि कडा प्रतिस्पर्धामा
कांग्रेस नेता शशांक कोइरालाले लगातार विजय हाासिल गर्दै आएको क्षेत्रमा यसपटक एमाले र रास्वपा पनि कडा प्रतिस्पर्धामा

— कांग्रेसको सुरक्षित क्षेत्रका रुपमा रहेको पूर्वी नवलपरासी क्षेत्र नम्बर–१, मा यसपटक प्रतिस्पर्धा रोचक बनेको छ । कांग्रेस नेता शशांक कोइरालाले लगातार विजय हाासिल गर्दै आएको क्षेत्रमा यसपटक एमाले र रास्वपा पनि कडा प्रतिस्पर्धामा छन् । एमाले र रास्वपा कांग्रेसको विजय यात्रामा ‘ब्रेक’ लाउने कोसिसमा छन् ।

यसअघि चार पटकसम्म कोइरालाले यही क्षेत्रबाट निर्वाचन जितेका थिए । उनलाई जित हाासिल गर्न धेरै मेहनत गर्नु पर्थेन । यसपटक कोइराला चुनावी मैदानमा छैनन् । कांग्रेसबाट नवलपुर जिल्ला उपसभापति बालकृष्ण घिमिरे प्रतिस्पर्धामा उत्रिएका छन् ।

१८ वर्षदेखि बीपी पुत्रले जित्दै आएको यस क्षेत्रमा उनको विरासत जोगाउने अभिभारा प्राध्यापक तथा अभिवक्ता घिमिरेको काँधमा आइपरेको छ । अहिले क्षेत्रभरि कांग्रेस विरासत भत्किएला कि जोगिएला भन्ने चासो छ ।

यसपटक कोइराला उम्मेदवार नहुँदा एमाले, रास्वपा, नेकपालगायत प्रतिस्पर्धी दल ‘कांग्रेस किल्ला’ भत्काउने दाउमा छन् । टिकट वितरणका क्रममा देखिएको विवाद समाधान गरेर पार्टी एकजुट भएर चुनावी प्रतिस्पर्धामा होमिएको दाबी कांग्रेसले गरिरहेको छ ।

२०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनदेखि ०७९ सम्म कोइरालाले यही क्षेत्र यहाँबाट लगातार जितेका थिए । यसपटक उम्मेदवार बनेका घिमिरे पनि स्थानीय स्तरमा भिजेका र संगठनमा पकड भएका नेता मानिन्छन् । तर, कोइरालाको जस्तो पारिवारिक विरासत नहुनु घिमिरेका लागि चुनौती हुन सक्ने यहाँका अगुवा बताउँछन् । कांग्रेसले जिल्लाले लामो समयदेखि स्थानीय उम्मेदवार हुनु पर्ने माग गरिरहेको थियो । यसपटक जिल्लाकै बासिन्दा उम्मेदवार भए पनि घिमिरिेलाई नयाँ दलको प्रभाव चिरेर जानुपर्ने चुनौती रहेको छ ।

अहिले यस क्षेत्रमा रास्वपाबाट राजन गौतम उम्मेदवार छन् । उनी ०७९ मा पनि रास्वपाबाटै उम्मेदवार रहेका थिए । गौतमबाहेक सबै नयाँ उम्मेदवार हुन् । रास्वपा गण्डकी प्रदेश सभापति गौतमले यस अगाडिको चुनावमा संगठन कमजोर हुँदा पनि २४ हजार बढीले विश्वास गरेको बताए । अहिले संगठन मजबुत भएकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे ।

०७९ मा कोइरालाले २७ हजार ६७, एमालेका कृष्णप्रसाद पौडेलले २५ हजार ४७ र गौतमले २४ हजार ३ सय ५ मत प्राप्त गरेका थिए । कोइरालाले एमाले उम्मेदवारलाई २ हजार २० मतान्तरले पराजित गरेका थिए । दोस्रो स्थानको एमाले र रास्वपाबीच ७ सय ४२ मतको मात्र अन्तर थियो ।

एमालेले व्यावसायिक पृष्ठभूमिका भागिरथ सापकोटालाई उम्मेदवार बनाएको छ । सापकोटाले आफूसँग आर्थिक समृद्धि र विकासको स्पष्ट खाका भएकाले जनताले आफूलाई विश्वास गर्ने दाबी गरिरहेका छन् । प्रतिस्पर्धामा रहेका दल र स्वतन्त्र उम्मेदवार अहिले घरदैलोमा व्यस्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल विद्युत् प्राधिकरणले २ सय मेगावाट विद्युत् खरिद र ५ सय मेगावाट बिक्री गर्न प्रस्ताव माग गरेको छ । प्राधिकरणले सोमबार सूचना जारी गर्दै २०२७ देखि २०२८ सम्म जनवरी र मे महिनामा विद्युत् आयात र २०२६ देखि २०३० सम्म जुन र नोभेम्बरमा निर्यात गर्न प्रस्ताव मागेको हो । बिक्रीतर्फ प्रतियुनिट बिजुलीको दर न्यूनतम ५.४५ भारु हुनुपर्ने ...
— यसपालि मतदानपछि मतपत्रलाई गणनास्थलसम्म पुर्‍याउने सुरक्षा जिम्मा नेपाली सेनाले पाएको छ । विगतमा मतपत्र ढुवानीको सुरक्षामा प्रहरी र सशस्त्र प्रहरीलाई मात्र परिचालन गरिन्थ्यो । यसपालि ‘असामान्य परिस्थिति’ मा निर्वाचन हुँदै गरेको भन्दै सुरक्षामा सेनाको उपस्थिति र भूमिकालाई बढाइएको निर्वाचन आयोग र गृह मन्त्रालयले जनाएका छन् । २१ फागुनमा हुने निर्वाचनका लागि सुरक्षा संयन्त्रहरू सक्रिय भइसकेका छन् । केन्द्रीय ...
— निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन खर्च बैंक खातामार्फत नगर्ने राजनीतिक दल तथा उम्मेदवारहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । बैंक खाता नखोली वा खाता खोलेर पनि बैंकिङ कारोबार नगरी खर्च गर्ने दल वा उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित व्यवस्थाअनुसार कारबाही गरिने आयोगले चेतावनी दिएको हो ...
— धादिङको त्रिपुरासुन्दरी–३ मूलपानीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । शहिद लखन–८ वुंकोट घर भएकी १२ वर्षीया बालिका दिलिशा घर्ती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । शहिद लखन–८ वुंकोट घर भएकी १३ वर्षीया बालिका दिक्षा घर्ती मगर र भिमसेन थापा–६ का २४ विरेन्द्र थापा मगर घाइते ...
— हेटौंडा उपमहानगरपालिका-१९ वस्तीपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक र मोटरसाइकलमा सवार यात्रुकाे मृत्यु भएको छ । हेटौंडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना४३प २२१ नम्बरको मोटरसाइकललाई नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको ग२ख ८९८ नम्बरको ट्रकले ठक्कर दिएकाे हाे । उक्त दुर्घटनामा राक्सिराङ गाउँपालिका-१ का २२ वर्षीय मोटरसाइकल चालक सन्जित स्याङ्तान र सोही मोटरसाइकलको पछाडि सवार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम