मुख्य समाचार
अनलाइन स्क्यामिङमा पक्राउ परेका १८ नेपाली कैदीलाई म्यानमारले आममाफी दिन सकारात्मक देखिएको जनाएको छ
अनलाइन स्क्यामिङमा पक्राउ परेका १८ नेपाली कैदीलाई म्यानमारले आममाफी दिन सकारात्मक देखिएको जनाएको छ

: परराष्ट्र मन्त्रालयले अनलाइन स्क्यामिङमा पक्राउ परेका १८ नेपाली कैदीलाई म्यानमारले आममाफी दिन सकारात्मक देखिएको जनाएको छ। बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी एसिया तथा प्रशान्त क्षेत्र महाशाखा प्रमुख प्रकाश अधिकारीले अवैधरूपमा म्यानमार पुगेर अनलाइन स्क्यामिङमा पक्राउ परेका नेपालीहरूलाई आममाफी दिन सकारात्मक देखिएको जानकारी दिए।

म्यानमारले अनलाइन स्क्यामिङ केन्द्रमा काममा लगाइएका १८ जना नेपालीलाई पक्राउ गरि एक वर्ष कैद सजाय सुनाएको थियो। त्यसलगतै म्यानमारका लागि नेपालका राजदूतसँग सम्पर्क गरी म्यानमारका उपविदेशमन्त्री र गृहमन्त्रीसँग भेटघाट गर्दा आममाफी दिन सकारात्मक रहेको जवाफ प्राप्त भएको अधिकारीले बताए।


म्यानमारले अवैधअनलाइन स्क्यामिङमा १७ देशका ४९५ जनालाई पक्राउ गरेको भए पनि नेपाल र म्यानमारको अत्यन्त राम्रो द्विपक्षीय सम्बन्ध भएको कारणले नेपालीहरूलाई छाड्ने तयारी गरेको उनको भनाइ छ।

अधिकारीले थाइल्याण्ड र म्यानमारमा आकर्षक तलबको प्रलोभन देखाई भारतलगायत अन्य देशको बाटो हुँदै त्यसतर्फ पठाउने गरेको पाइएको उल्लेख गरे। उनीहरूलाई सुरक्षा गार्ड, अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगीलगायतका क्रियाकलापमा संलग्न गराउने गरेको पाइएको अधिकारीले बताए।

थाइल्याण्ड र म्यानमार पुगेका नेपालीहरूलाई निश्चित लक्ष्य दिइने र सो पूरा गर्न नसके प्रताडित गर्ने, शोषण गर्ने गरेको गुनासो धेरै नै आउने गरेको उनको भनाइ छ। परराष्ट्रले अनलाइन ठगी केन्द्रहरूमा फसेका नेपाली नागरिकहरू उद्धार गरी नेपाल फर्काउनका लागि सम्बन्धित देशका दूतावासहरूमार्फत निरन्तर पहल गरिरहेको जनाएको छ। स्क्यामिङ केन्द्रहरूबाट हालसम्म ३९२ जना नेपाली नागरिकहरूलाई उद्धार गरी नेपाल फर्काइसकिएको र उद्धारको लागि प्रक्रियामा रहेका नेपालीको संख्या हालः ३०९ जना रहेको समेत परराष्ट्रले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले देश विभाजन गर्न खोज्नेहरु अब किनारा लाग्ने बताएका छन् । जनकपुर मन्दिर परिक्रमा गर्ने क्रममा बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले देश र मधेस विभाजन गर्न खोज्ने राजनीतिको अन्त्य गर्ने दावी गरे । सभापति लामिछानेले अघिल्लो निर्वाचनमा सुशासनको मुद्दा बलियो गरी उठाए पनि विभेदको विषयमा पर्याप्त आवाज उठाउन ...
: सर्वोच्च अदालतले बालयौन दुराचार (जबरजस्ती करणी) सम्बन्धी मुद्दामा पीडक नाबालक भए पनि पीडितलाई क्षतिपूर्ति अनिवार्य रूपमा दिलाउनुपर्ने फैसला सुनाएको छ। उमेरका आधारमा आपराधिक सजायमा केही छुट हुन सक्ने भए पनि क्षतिपूर्ति दायित्वबाट उन्मुक्ति दिन नमिल्ने अदालतले स्पष्ट गरेको हो। न्यायाधीश सपना मल्ल प्रधान र बालकृष्ण ढकालको संयुक्त इजलासले तल्लो अदालतका फैसला उल्ट्याउँदै पीडित बालिकालाई ५० ...
: नुवाकोटको मध्यपहाडी सडकमार्ग अन्र्तगत थानसिङमा यात्रुवाहक टाटासुमो दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । सदरमुकाम विदुरदेखि २८ किलोमिटर पूर्वमा रहेको उक्त सडकमार्ग अन्तर्गत नुवाकोटको लिखु गाउंपालिका– ६ थानसिङस्थित फंगटेमा वुधवार दुर्घटनाग्रस्त भएको हो । दुप्चेश्वरबाट काठमाडौतर्फ जाँदै गरेको ना १ ज ६६६५ नम्बरको टाटासुमो टोखा–छहरे सडकखण्डको उक्त स्थानमा ...
: धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ चरौंदी नजिक भैंसेडाँडामा आइतबार राति भएको बस दुर्घटनाले १९ जनाको ज्यान लिएपछि सरकार फेरि सक्रिय देखिएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस दुर्घटना लगत्तै सहसचिव ऋषिराम तिवारीको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ र टोली घटनास्थल पुगेर अध्ययन सुरु गरेको छ। तर ...
काठमाडौंः काठमाडौं, ललितपुर र भक्तपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरूका तर्फबाट साझा प्रतिबद्धता ‘विकासको मार्गचित्र भिजन १०’ आज सार्वजनिक हुँदैछ । दिउँसो आयोजना गरिने कार्यक्रममा उम्मेदवारहरूको उपस्थितिमा प्रतिबद्धता सार्वजनिक गरिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । काठमाडौं ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका ...