काठमाडौंः काठमाडौं, ललितपुर र भक्तपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरूका तर्फबाट साझा प्रतिबद्धता ‘विकासको मार्गचित्र भिजन १०’ आज सार्वजनिक हुँदैछ । दिउँसो आयोजना गरिने कार्यक्रममा उम्मेदवारहरूको उपस्थितिमा प्रतिबद्धता सार्वजनिक गरिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
काठमाडौं ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका ...