मुख्य समाचार
पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वच्छ निष्पक्ष चुनाव भए नेकपाको नतिजा राम्रो आउने बताए
पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वच्छ निष्पक्ष चुनाव भए नेकपाको नतिजा राम्रो आउने बताए

: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वच्छ निष्पक्ष चुनाव भए नेकपाको नतिजा राम्रो आउने बताएका छन्।



बुधबार पार्टी कार्यालय पेरिसडाडामा बामबुद्धिजीवीहरूसँग छलफल गर्दै प्रचण्डले अहिलेको स्थिति हेर्दा स्वच्छ निष्पक्ष चुनाव भए केही स्थानमा बाहेक अधिकांश स्थानमा नेकपाको नतिजा राम्रो आउने बताए। उनले अहिले चुनावका लागि नेकपाको जस्तो सक्रियता अरु कसैको नदेखिएको जिकिर गरे।


मुलुकको परिवर्तनको बाहक आफूहरू नै भएकाले हिजोका सहयात्रीहरूसँग मिलेर वैदेशिक दलालहरूका विरुद्ध लाग्नुपर्ने जिम्मेवारी पनि नेकपाकै रहेको उनले बताए। प्रचण्डले निर्वाचनका क्रममा कसैलाई गाली गलौज गर्नुभन्दा राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र संकटबाट देशलाई बचाउने कुरा गरिरहेको बताए।



उनले निर्वाचनका लागि स्वच्छ वातावरण बनाउनका लागि बुद्धिजीवीहरूको भूमिका समेत निकै महत्वपूर्ण रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले देश विभाजन गर्न खोज्नेहरु अब किनारा लाग्ने बताएका छन् । जनकपुर मन्दिर परिक्रमा गर्ने क्रममा बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले देश र मधेस विभाजन गर्न खोज्ने राजनीतिको अन्त्य गर्ने दावी गरे । सभापति लामिछानेले अघिल्लो निर्वाचनमा सुशासनको मुद्दा बलियो गरी उठाए पनि विभेदको विषयमा पर्याप्त आवाज उठाउन ...
: सर्वोच्च अदालतले बालयौन दुराचार (जबरजस्ती करणी) सम्बन्धी मुद्दामा पीडक नाबालक भए पनि पीडितलाई क्षतिपूर्ति अनिवार्य रूपमा दिलाउनुपर्ने फैसला सुनाएको छ। उमेरका आधारमा आपराधिक सजायमा केही छुट हुन सक्ने भए पनि क्षतिपूर्ति दायित्वबाट उन्मुक्ति दिन नमिल्ने अदालतले स्पष्ट गरेको हो। न्यायाधीश सपना मल्ल प्रधान र बालकृष्ण ढकालको संयुक्त इजलासले तल्लो अदालतका फैसला उल्ट्याउँदै पीडित बालिकालाई ५० ...
: नुवाकोटको मध्यपहाडी सडकमार्ग अन्र्तगत थानसिङमा यात्रुवाहक टाटासुमो दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । सदरमुकाम विदुरदेखि २८ किलोमिटर पूर्वमा रहेको उक्त सडकमार्ग अन्तर्गत नुवाकोटको लिखु गाउंपालिका– ६ थानसिङस्थित फंगटेमा वुधवार दुर्घटनाग्रस्त भएको हो । दुप्चेश्वरबाट काठमाडौतर्फ जाँदै गरेको ना १ ज ६६६५ नम्बरको टाटासुमो टोखा–छहरे सडकखण्डको उक्त स्थानमा ...
: धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ चरौंदी नजिक भैंसेडाँडामा आइतबार राति भएको बस दुर्घटनाले १९ जनाको ज्यान लिएपछि सरकार फेरि सक्रिय देखिएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस दुर्घटना लगत्तै सहसचिव ऋषिराम तिवारीको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ र टोली घटनास्थल पुगेर अध्ययन सुरु गरेको छ। तर ...
काठमाडौंः काठमाडौं, ललितपुर र भक्तपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरूका तर्फबाट साझा प्रतिबद्धता ‘विकासको मार्गचित्र भिजन १०’ आज सार्वजनिक हुँदैछ । दिउँसो आयोजना गरिने कार्यक्रममा उम्मेदवारहरूको उपस्थितिमा प्रतिबद्धता सार्वजनिक गरिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । काठमाडौं ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका ...