मुख्य समाचार
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा २ करोड ५२ लाख ६० हजार रुपैयाँ आर्थिक अनियमितता भएको पुष्टि
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा २ करोड ५२ लाख ६० हजार रुपैयाँ आर्थिक अनियमितता भएको पुष्टि

: सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा २ करोड ५२ लाख ६० हजार रुपैयाँ आर्थिक अनियमितता भएको पुष्टि भएको छ । चार महिना बढी समय लगाएर गरिएको आन्तरिक छानबिनले उक्त रकम बराबरको औषधि बिक्री गरेको रकम घोटाला भएको पाइएको हो । तर छानबिन प्रतिवेदन व्यवस्थापन समक्ष बुझाइसक्दा पनि प्रतिष्ठानले हालसम्म सार्वजनिक नगरेपछि पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ ।

गत असोज ३१ गते अन्नपूर्ण पोस्टले बीपी प्रतिष्ठानको फार्मेसीमा ५२ लाख बढी अनियमितता भएको समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि प्रतिष्ठानले औषधि खरिद, बिक्री र स्टक व्यवस्थापनसम्बन्धी विषयमा छानबिन गर्न डाक्टर बिष्णु पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो ।


छानबिन समितिले करिब साढे चार महिना लगाएर कागजात परीक्षण, स्टक भेरिफिकेसन, बिल–भौचर मिलान तथा सम्बन्धित कर्मचारीसँग सोधपुछ गरी प्रतिवेदन बुझाएको छ । समितिका संयोजक डा. पोखरेलले छानबिन सम्पन्न गरी सुझावसहितको प्रतिवेदन प्रतिष्ठानका उपकुलपति डा. बिक्रमप्रसाद श्रेष्ठ र रजिस्ट्रार डा. सूर्यप्रसाद संग्रौलालाई संयुक्त रूपमा बुझाइएको जानकारी दिएका छन् ।



प्रतिवेदनमा औषधि खरिद प्रक्रिया, मौज्दात व्यवस्थापन र बिक्री अभिलेखमा गम्भीर त्रुटि देखिएको उल्लेख गरिएको स्रोतले जानकारी दिएको छ । प्रतिवेदनमा २ करोड ५२ लाख ६० हजार रुपैयाँ बराबरको अनियमितता पुष्टि भएको उल्लेख छ । तर यति ठूलो आर्थिक हिनामिना हुँदा समेत प्रतिष्ठान व्यवस्थापनले प्रतिवेदन गोप्य राखेको छ ।

छानबिनमा प्रतिष्ठानका निर्देशक डा. जगतनारायण प्रसाद, पूर्व निर्देशक डा. गौरीशंकर साह, पूर्व डेपुटी निर्देशक डा. लोकेश जैसवाल, फार्मेसी इन्चार्ज लक्ष्मण महर्जन, विवेक दाहाल, कर्मचारी आपूर्तिको ठेक्का पाएको केटिएम सेक्युरिटी सर्भिसेस प्रालि तथा अन्य कर्मचारी गरी दर्जनभन्दा बढी व्यक्तिको संलग्नता देखिएको उल्लेख छ ।

समितिले संलग्न व्यक्तिको नाम र उनीहरूबाट भएको भनिएको रकम समेत स्पष्ट रूपमा उल्लेख गरी व्यवस्थापनलाई बुझाएको बताइएको छ । प्रतिष्ठान प्रशासनले प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरिरहेको छ । स्रोतका अनुसार प्रतिष्ठान ब्यबस्थापन पक्षले प्रतिवेदन सार्वजनिक नगरी आन्तरिक रूपमा मात्र कार्बाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ । यसले पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ ।

नेपाल सरकारले प्रतिष्ठानलाई आफ्नै फार्मेसी सञ्चालन गरी बिरामीलाई सुलभ र पारदर्शी ढंगले औषधि उपलब्ध गराउन निर्देशन दिएपछि २०७३ सालदेखि फार्मेसी सञ्चालनमा आएको थियो । बिरामीलाई बजारभन्दा सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको फार्मेसीमै यति ठूलो आर्थिक अनियमितता भएको पुष्टि हुनु गम्भीर विषय मानिएको छ ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रबि राईले प्रतिष्ठानको फार्मेसीमा भएको औषधि घोटालाका दोषीमाथि कडा कारबाही गर्न र छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् । उनले सार्वजनिक संस्थामा भएको आर्थिक अनियमितता लुकाउनु स्वयंमा अर्को गम्भीर त्रुटि हुने भन्दै पारदर्शिता अपनाउन आग्रह गरेका छन् ।

यस विषयमा प्रतिष्ठानका कुलपति डा. बिक्रमप्रसाद श्रेष्ठले छानबिन प्रतिवेदन कानुनी प्रक्रिया अनुसार अघि बढाइने बताएका छन् । उनका अनुसार प्रतिवेदन अध्ययनका लागि प्रतिष्ठानका कानुनी सल्लाहकारलाई लिखित राय माग गरिएको छ । कानुनी सल्लाह प्राप्त भएपछि औषधि घोटालामा संलग्न देखिएका कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाइने उपकुलपति श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
। भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै ...
: बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्। खोप अभियानअन्तर्गत लक्षित चार ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धका खोप त्यसतर्फ पठाएको छ । आज नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ । रसुवामा आइतबार हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाइसकिएको छ । ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम