मुख्य समाचार
ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिए
ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिए

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे।



सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी तेल प्राप्त गरेका छौं।'


गत जनवरीमा अमेरिकाले भेनेजुएलाविरुद्ध ‘ठूलो स्तरको’ सैन्य कारबाही गरेको थियो, जसक्रममा त्यहाँका नेता निकोलस मादुरोलाई पक्राउ गरिएको थियो। मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई न्यूयोर्क लगिएको थियो, जहाँ उनीहरूमाथि नार्को-आतंकवादको षड्यन्त्रसम्बन्धी आरोप लगाइएको थियो।



सीबीएस न्युजका अनुसार उक्त सैन्य कारबाहीपछि ट्रम्पले भेनेजुएलाको जिम्मेवारी अस्थायी रूपमा अमेरिकाले सम्हाल्ने र त्यहाँको तेल उत्पादन विस्तारका लागि काम गर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साउदी अरब, टर्की र पाकिस्तानले त्रिपक्षीय रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । साउदी अरबको मक्का सहरमा शुक्रबार तीनै देशले सम्झौतामा हस्ताक्षर गरेका हुन् । पाकिस्तानको परराष्ट्र मन्त्रालयको विज्ञप्तिअनुसार तीनै देशका नेताहरूले एउटा सम्मेलनका क्रममा यो सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतामा हस्ताक्षर गर्नेहरूमा साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति ...
: थाइल्यान्डको एक विद्यालयमा अन्धाधुन्ध गोलीप्रहार हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। उक्त घटनामा संलग्न रहेको आंशकामा १४ वर्षीय एक विद्यार्थीको पहिचान गरिएको छ। शुक्रबार राजधानी बैंकक नजिकै रहेको नन्थाबुरी जिल्लास्थित एक माध्यमिक विद्यालयमा उक्त दुखद् घटना घटेको हो। प्रत्यक्षदर्शीका अनुसार कक्षाका गतिविधि सञ्चालन भइरहेका बेला अचानक गोलीको आवाज सुनिएपछि विद्यार्थी तथा शिक्षकहरूबीच ...
: इरानले मुस्लिम समुदाय तथा खाडी क्षेत्रका देशहरूलाई एकजुट हुन अपिल गरेको छ। इरानी विदेशमन्त्री अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, 'इरानको शक्तिशाली सेनाले विश्वकै सबैभन्दा महँगो सेनाको अगाडि आफ्नो तयारी, क्षमता र तागतको प्रदर्शन गरेको छ।' उनले अगाडि लेखेका छन्,'यदि मुस्लिमहरू एकजुट रहे भने हामी बाह्य शक्तिहरूको दुराशयपूर्ण हरेक चुनौतीको दृढताका साथ सामना ...
: अमेरिका, इरान र ओमानबीचको अन्तरिम सम्झौताको सम्भावना बढ्दै गएको छ । जसले मध्यपूर्वको सबैभन्दा जोखिमपूर्ण तनाव क्षेत्रमध्ये एक हर्मुज जलडमरूमध्य पुनः खोल्न सक्ने आशा बढाएको छ । प्रस्तावित सम्झौता केही सातादेखि चलिरहेको वार्ताको परिणाम हो । यसको उद्देश्य जुन १७ मा भएको अमेरिका–इरान युद्धविराम पुनःस्थापित गर्नु, विश्वको तेल आपूर्तिको करिब पाँच भागमध्ये एक हिस्सा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा दिइँदै आएको जन्मसिद्ध नागरिकताको प्रावधानलाई कडाइ गर्ने उद्देश्यले पुनः दुईवटा नयाँ कार्यकारी आदेश जारी गरेका छन्। सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता खारेज गर्ने उनको अघिल्लो प्रयासलाई अस्वीकार गरेको केही हप्तापछि नै ट्रम्प प्रशासनले यो नयाँ कानूनी रणनीति अपनाएको हो। ह्वाइट हाउसस्थित राष्ट्रपति कार्यालयबाट जारी गरिएका दुई आदेशमध्ये पहिलो आदेशले गैर-अमेरिकी नागरिकका ...