मुख्य समाचार
गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित बनाउन प्रशासनले कसैलाई पनि काखापाखा नगर्ने बताए
गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित बनाउन प्रशासनले कसैलाई पनि काखापाखा नगर्ने बताए

: नेपाल सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित बनाउन प्रशासनले कसैलाई पनि काखापाखा नगर्ने बताएका छन् ।



आसन्न फागुन २१ गते शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउने दायित्व सरकारको बताउँदै गृहमन्त्री अर्यालले वर्तमान अवस्थामा देशको विभिन्न जिल्लाको शान्ति सुरक्षाको अवस्थावारे जानकारी लिने क्रममा शुक्रवार रौतहट सदरमुकाम गौर आएका गृहमन्त्री अर्यालयले राजनीतिक अधिकार प्रयोग गर्न सहज वातावरण निर्माण गरिने तर कानुनविपरीत काम गर्नेलाई कुनै छुट नदिइने स्पष्ट पारे ।


रौतहटका सुरक्षा अधिकारीलाई निर्देशन पश्चात सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै गृहमन्त्री अर्यालले राम्रो नियत र सभ्य व्यवहार गर्ने उम्मेदवार तथा दललाई सहजीकरण गरिनेछ । सहजकर्ताको भूमिकामा सरकार भएको बताउँदै गृहमन्त्री अर्यालले गलत गर्ने, कानुन मिच्ने जो–कोहीलाई कानुनी दायरामा ल्याएर कार्वाही गरिने बाचा गरे ।



निर्वाचन आयोगको आचारसंहिता अनुसार निर्वाचनसम्बन्धी कसूर गरेमा कारबाही हुने स्पष्ट व्यवस्था रहेको छ । दण्डहीनताको संस्कृतिलाई अन्त्य गर्ने उद्देश्यले कुनै पनि प्रकारको इन्डेम्निटी (उन्मुक्ति) नदिइने गृहमन्त्री अर्यालले बताए । केही समूहले अनावश्यक आशंका र अफवाह फैलाउने प्रयास गरे पनि गृहमन्त्रीले त्यस्ता हल्लामा विश्वास नगर्न स्पष्ट पारे । ‘सरकार र आयोगको तयारी स्पष्ट छ, निर्वाचन निर्धारित मितिमै शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ’, उनले भने ।

सञ्चारकर्मीको प्रश्नको जवाफमा गृहमन्त्री अर्यालले फागुन २१ गतेका निर्वाचनमा देश गईसकेकाले सरकार निर्वाचन केन्द्रित भइसकेको जनाए । रौतहटमा सीमा क्षेत्रदेखि लिएर अति संबेदनशिल, संबेदनशिल मतदात केन्द्रहरुमा सुरक्षाको उच्च प्रबन्ध मिलाएको र सम्पूर्ण तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले ‘व्रिफिङ’ गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रशासन कार्यालय काठमाडौंले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं जिल्लाभित्र सञ्चालन हुँदै आएका सबै रात्रिकालीन व्यवसाय राति ९:०० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। कार्यालयले एक सूचना जारी गर्दै फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि उक्त व्यवस्था लागू हुने जनाएको हो। सो समयपछि सबै रात्रिकालीन ...
: निर्वाचन आयोगले जेन–जी आन्दोलनबारे बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाललाई बिहीबार पत्राचार गरेको छ। बीबीसी वल्र्ड सर्भिसले तयार गरेको वृत्तचित्र ‘सट लाइक द इनिमिजः इन्साइड नेपाल्स जेन–जी अपराइजिङ’ मा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन दबाउन तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रदर्शनकारीमाथि गोली चलाउने आदेश दिएको दाबी गरिएको ...
: पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोकनजिक सडक किनारमा एकजना पुरुषको शव भेटिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले सुन्दरहरैँचा–७ का अन्दाजी ६५ वर्षीय लोकबहादुर भुजेल मृत फेला परेको जानकारी दिए। उनका अनुसार सवारीसाधनको ठक्करबाट उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। ठडिया चोकबाट करिब ५ सय मिटर पर सडक किनारमा शुक्रबार बिहान ...
: प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा मदिरा बिक्री वितरण तथा सार्वजनिक स्थानमा सेवनमा रोक लगाइएको छ। सुरक्षा व्यवस्था सम्बन्धमा निर्वाचन आयोग निर्णयअनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका मदिराको विक्री तथा सार्वजनिक स्थानमा सेवनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा जारी सूचनामा उल्लेख छ। रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ ...
: आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेनाका करिब ८० हजार सैनिक खटिने भएका छन्। फागुन २१ गते हुने निर्वाचनमा देशभरि करिब ८० हजार सैनिक खटिने भएका हुन्। नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार निर्वाचनसम्बन्धी मुख्य कामहरूमा सैनिक अधिकारीहरूले भूमिका खेल्नेछन्। मतपत्र छपाईदेखि मतपत्र, मतपपेटिकाको सुरक्षा तथा निर्वाचन सामग्री ढुवानीमा पनि सेनाको मुख्य भूमिका रहने स्रोतले जनाएको छ। मतदानका ...