मुख्य समाचार
आफ्नो पार्टी एजेण्डाको बलमा चुनावमा होमिएको
आफ्नो पार्टी एजेण्डाको बलमा चुनावमा होमिएको

: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले आफ्नो पार्टी एजेण्डाको बलमा चुनावमा होमिएको बताएका छन्।



पार्टी कार्यालय पेरिसडाँडामा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका संयोजक प्रचण्डले चुनावमा कसैसँग तालमेल नगर्ने र यसका लागि कसैसँग छलफल समेत नभएको दावी गरेका छन्। आफूहरु पार्टी र जनताको बलमै चुनावमा जाने बताउँदै संयोजक प्रचण्डले यो कुरा आफूले चुनाव घोषणा भएको पहिलो दिनदेखि नै राख्दै आएको समेत बताएका छन्।


उनले मिडियाहरुमा समीकरणका विषय आफूले पटक–पटक खण्डन गर्दै आएको समेत बताए। संयोजक प्रचण्डले गत भदौं २३-२४ मा विध्वंश मच्चाउनेसँग तालमेल हुन नसक्ने बताउँदै राजनीतिक समीकरणको चर्चामा सत्यता नभएको दावी गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रशासन कार्यालय काठमाडौंले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं जिल्लाभित्र सञ्चालन हुँदै आएका सबै रात्रिकालीन व्यवसाय राति ९:०० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। कार्यालयले एक सूचना जारी गर्दै फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि उक्त व्यवस्था लागू हुने जनाएको हो। सो समयपछि सबै रात्रिकालीन ...
: निर्वाचन आयोगले जेन–जी आन्दोलनबारे बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाललाई बिहीबार पत्राचार गरेको छ। बीबीसी वल्र्ड सर्भिसले तयार गरेको वृत्तचित्र ‘सट लाइक द इनिमिजः इन्साइड नेपाल्स जेन–जी अपराइजिङ’ मा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन दबाउन तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रदर्शनकारीमाथि गोली चलाउने आदेश दिएको दाबी गरिएको ...
: पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोकनजिक सडक किनारमा एकजना पुरुषको शव भेटिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले सुन्दरहरैँचा–७ का अन्दाजी ६५ वर्षीय लोकबहादुर भुजेल मृत फेला परेको जानकारी दिए। उनका अनुसार सवारीसाधनको ठक्करबाट उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। ठडिया चोकबाट करिब ५ सय मिटर पर सडक किनारमा शुक्रबार बिहान ...
: प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा मदिरा बिक्री वितरण तथा सार्वजनिक स्थानमा सेवनमा रोक लगाइएको छ। सुरक्षा व्यवस्था सम्बन्धमा निर्वाचन आयोग निर्णयअनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका मदिराको विक्री तथा सार्वजनिक स्थानमा सेवनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा जारी सूचनामा उल्लेख छ। रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ ...
: आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेनाका करिब ८० हजार सैनिक खटिने भएका छन्। फागुन २१ गते हुने निर्वाचनमा देशभरि करिब ८० हजार सैनिक खटिने भएका हुन्। नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार निर्वाचनसम्बन्धी मुख्य कामहरूमा सैनिक अधिकारीहरूले भूमिका खेल्नेछन्। मतपत्र छपाईदेखि मतपत्र, मतपपेटिकाको सुरक्षा तथा निर्वाचन सामग्री ढुवानीमा पनि सेनाको मुख्य भूमिका रहने स्रोतले जनाएको छ। मतदानका ...