मुख्य समाचार
रास्वपाका जिल्ला सभापति कांग्रेसमा प्रवेश
रास्वपाका जिल्ला सभापति कांग्रेसमा प्रवेश

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवलपरासी सभापति महेन्द्र सेन ठकुरीले टिकट वितरणमा अपारदर्शी र आर्थिक चलखेलका कारण पार्टी छाड्नु परेको आरोप लगाएका छन्।



पार्टी परित्याग गरेका ठकुरीले नेपाली कांग्रेसमा प्रवेश गर्दै उक्त आरोप लगाएका हुन्। नेपाली कांग्रेस नवलपरासीले बिहीबा क्षेत्र नम्बर १ मा आयोजना गरेको चुनावी सभामा ठकुरीलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र क्षेत्र नम्बर १ का उम्मेद्वार विनोदकुमार चौधरीले पार्टी प्रवेश गराएका हुन्।


चुनावी सभामा बोल्दै ठकुरीले जिल्लामा आफूहरूले मेहनत पूर्वक गरेको संगठनलाई भताभुङ्ग पार्ने गरी अन्तिम समयमा अन्य दलबाट आएका व्यक्तिलाई टिकट दिएर कार्यकर्ताको मानमर्दन गरेको बताए। रास्वपाले जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा कांग्रेसबाट आएकालाई उम्मेद्वार बनाएपछि रास्वपामा असन्तुष्टि छ।



'दुई वटा निर्वाचन क्षेत्रमा पार्टीले सिफारिस गरेका नेतालाई टिकट नदिई आर्थिक चलखेलमा कांग्रेसबाट आएकालाई टिकट दिइयो। यसले सबै साथीको मानमर्दन भएको महशुस गरी पार्टी छाड्ने कठोर निर्णय गरेको हुँ,' ठकुरीले भने।

आफूलाई टिकट दिने भनेर अन्तिम समयको राति ११ बजेसम्म कुराएर आर्थिक चलखेल गरी अपारदर्शी रूपमा अरूलाई टिकट दिएको उनको आरोप थियो। ठकुरी रास्वपाका संस्थापक जिल्ला सभापति थिए। २०७९ को निर्वाचनमा रास्वपाबाट क्षेत्र नम्बर १ मा उनी चुनाव लडेका थिए। नेपाली कांग्रेसका विनोद चौधरी र तत्कालीन जनता प्रगतिशील पार्टीका ह्रदयश त्रिपाठीसँग प्रतिस्पर्धामा रहेका ठकुरीले १२ हजार ४९९ मत ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ। विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तरराष्ट्रिय आगमन तथा प्रस्थान विवरण (भ्रमण विवरण) नागरिक एपमार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाइएको जनाएको छ। प्रेस विज्ञप्तिअनुसार यो व्यवस्था लागू ...
। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ । कार्यकारी प्रमुख छनोट उपसमितिले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि दरखास्त मागेको हो । इच्छुक उम्मेदवारले १० दिन भित्र आवश्यक कागजातसहित सूचना दिन सकिने बताएको छ । कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र पर्यटन क्षेत्रमा न्यूनतम १० वर्ष अनुभव भएको हुनुपर्ने शर्त ...
। प्रधानमन्त्री बालेन शाह ‘बालेन्द्र’ ले २४ सेप्टेम्बर (८ असोज)मा संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्ने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी दिएका हुन् । ‘संयुक्त राष्ट्रसंघको ८१ औं महासभाको ‘हाई लेभल जनरल डिबेट’ २२–२८ सेप्टेम्बरसम्म न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा हुनेछ,’ सचिव राईले भने, ‘महासभाको जनरल ...
। विपद्‌मा खाना पकाउने ग्यासमा तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गर्ने जोकोहीलाई कानुनी कारबाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ । महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विषम परिस्थितिको फाइदा उठाएर अनुचित लाभ लिनेमाथि कारबाहीको माग गरेको हो । लामो समयदेखि मुलुकमा ग्यास अभाव भइरहेकोमा पछिल्लो समय भोटेकोशीमा आएको भीषण बाढीले थप समस्या निम्त्याएको ...
। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशमा विभिन्न स्थानबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ बाट दुई, मोरङको लेटाङ नगरपालिका–४ बिपी चोकबाट दुई, उदयपुरको त्रियुगा नगरपालिका–६ बाट पाँच, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–७ जनआवाज चोकबाट एक र टीकापुर नगरपालिका–९ खक्रौलाबाट दुई जना पक्राउ परेका ...