मुख्य समाचार
प्रचण्डले आसन्न निर्वाचनलाई स्वच्छ,निष्पक्ष र धाँधलीरहित बनाउन सबैले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताए
प्रचण्डले आसन्न निर्वाचनलाई स्वच्छ,निष्पक्ष र धाँधलीरहित बनाउन सबैले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताए

: नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनलाई स्वच्छ,निष्पक्ष र धाँधलीरहित बनाउन सबैले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन्।

नेकपा नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले अहिले विषम परिस्थितिमा निर्वाचन हुन लागेको भन्दै सुरक्षा निकाय,निर्वाचन आयोगलगायत सबैले आसन्न निर्वाचनलाई स्वच्छ,निष्पक्ष र धाँधलीरहित बनाउन सबैले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताए।


नेपालका सेना,प्रहरीलगायत सबैमाथि भरोसा भएपनि सबै जिम्मेवार हुन नसके भाद्र २४ को जस्तै घटना दोहोरिन सक्ने उनले बताए। प्रचण्डले कुनैपनि हालतमा निर्वाचनमा धाँधली भयो भनेर प्रश्न उठाउने ठाउँ राख्न नहुने धारणा राखे ।

नेकपाले अहिले कसैसँग कुनै तालमेल नगर्ने र जनताको भरमा अग्नि परीक्षा पार गर्ने उल्लेख गर्दै प्रचण्डले निर्वाचन स्वच्छ,निष्पक्ष र धाँधली रहित बनाउन सके एक नम्बर पार्टी बनाउन कसैले रोक्न नसक्ने दावी गरे । भाद्र २३ गते युवाहरूमाथि दमन गर्ने अतिवादी अहंकारी प्रवृत्ति र भाद्र २४ गते विध्वंश मच्चाउने देशी विदेशी प्रतिक्रियावादीहरूका विरुद्ध नेकपा खडा भएको उनले बताए।

प्रचण्डले देशैभरको अवस्था हेर्दा नेकपाको पक्षमा उभारको स्थिति देखा परेको र पुराना भनिएका अन्य पार्टीहरू निकै असहज र अप्ठ्यारो परिस्थितिमा रहेको उल्लेख गरे। उनले निर्वाचनका क्रममा धाँधली हुन नदिन सबै बुथ र वडामा आवश्यक तयारी गर्न सर्कुलर समेत जारी गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम बढेको छ । पर्वत र बागलुङ ...
। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) बूढीगण्डकीमा बाढी आएको सूचना प्राप्त गरेलगत्तैदेखि सरकारका अंगहरूले विपद् प्रतिकार्यका काम गरिरहेको बताएका छन् । आइतबार साँझ फेसबुकमार्फत प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन् । उनले गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा आज बिहान गएको पहिरोको कारण बूढीगण्डकी नदीमा लेदोसहित बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको बताएका छन् । ‘बाढीमा परी ५ ...
: बूढानीलकण्ठ–१० कपनस्थित बाल उद्वार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र घर भएर काठमाडौंको कपन बस्दै आएका ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली घर भएर कपनमै बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन्। गत असोज २२ गते बिहान करिब १०ः३४ बजे विद्यालय परिसरमा प्रधानाध्यापकमाथि कुटपिट ...
। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले निम्त्याएको विनाश भोटेकोशी र त्रिशूली महाविपत्तिकै मिनि संस्करण जस्तो देखिएको बताएका छन्। आइतबार बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन र पीडितहरूसँगको संवादपछि उनले यस्तो बताएका हुन्। आइतबार डा. भट्टराईले बाढीबाट प्रभावित गोरखाको आरुघाट बजार, शान्तिबजारलगायतका क्षेत्रको पुगेर स्थलगत अध्ययन गरेका थिए। सो क्रममा उनले गण्डकी प्रदेशका ...
: गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रस्थित बुढीगण्डकी नदीमा आएको भीषण बाढीमा परेकाहरूको उद्धार र राहत कार्यलाई सरकारले तीव्रता दिएको बताएका छन्। आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको बैठकपछि मन्त्री गुरुङले राहत सामग्रीसहित उद्धारको काम भइरहेको जानकारी दिएका हुन्। उनले बाढीका कारण जलविद्युत् आयोजनाहरूमा क्षति पुगेकाले सोलारमार्फत बत्ती र टेलिफोन सेवा सुचारु गर्ने काम ...