मुख्य समाचार
प्रचण्डले आसन्न निर्वाचनलाई स्वच्छ,निष्पक्ष र धाँधलीरहित बनाउन सबैले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताए
प्रचण्डले आसन्न निर्वाचनलाई स्वच्छ,निष्पक्ष र धाँधलीरहित बनाउन सबैले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताए

: नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनलाई स्वच्छ,निष्पक्ष र धाँधलीरहित बनाउन सबैले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन्।

नेकपा नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले अहिले विषम परिस्थितिमा निर्वाचन हुन लागेको भन्दै सुरक्षा निकाय,निर्वाचन आयोगलगायत सबैले आसन्न निर्वाचनलाई स्वच्छ,निष्पक्ष र धाँधलीरहित बनाउन सबैले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताए।


नेपालका सेना,प्रहरीलगायत सबैमाथि भरोसा भएपनि सबै जिम्मेवार हुन नसके भाद्र २४ को जस्तै घटना दोहोरिन सक्ने उनले बताए। प्रचण्डले कुनैपनि हालतमा निर्वाचनमा धाँधली भयो भनेर प्रश्न उठाउने ठाउँ राख्न नहुने धारणा राखे ।

नेकपाले अहिले कसैसँग कुनै तालमेल नगर्ने र जनताको भरमा अग्नि परीक्षा पार गर्ने उल्लेख गर्दै प्रचण्डले निर्वाचन स्वच्छ,निष्पक्ष र धाँधली रहित बनाउन सके एक नम्बर पार्टी बनाउन कसैले रोक्न नसक्ने दावी गरे । भाद्र २३ गते युवाहरूमाथि दमन गर्ने अतिवादी अहंकारी प्रवृत्ति र भाद्र २४ गते विध्वंश मच्चाउने देशी विदेशी प्रतिक्रियावादीहरूका विरुद्ध नेकपा खडा भएको उनले बताए।

प्रचण्डले देशैभरको अवस्था हेर्दा नेकपाको पक्षमा उभारको स्थिति देखा परेको र पुराना भनिएका अन्य पार्टीहरू निकै असहज र अप्ठ्यारो परिस्थितिमा रहेको उल्लेख गरे। उनले निर्वाचनका क्रममा धाँधली हुन नदिन सबै बुथ र वडामा आवश्यक तयारी गर्न सर्कुलर समेत जारी गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नयाँ सरकार गठनसँगै पहिलो संसद् बैठक नयाँ भवनबाट नै गर्ने तयारी सरकारको छ। यसअघि नयाँ वानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संघीय संसद् भवन थियो। यही भदौ २३ को प्रदर्शन र २४ को आन्दोलनका क्रममा आगजनीपछि उक्त भवन पूर्णरूपमा क्षतिग्रस्त छ। २०७६ सालबाट नै सरकारले सिंहदरबारभित्र नयाँ संसद् भवन निर्माण गर्दैछ। तर, ३ वर्षमा ...
: आफ्नै बुवाको हत्या गरी फरार रहेका सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३८ वर्षीय देवेन्द्र कुलुङलाई ७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। कुलुङलाई मंगलबार इटहरी उपमहानगरपालिका–९ स्थित ट्याङ्ग्रा खोला नजिकबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषण बाबु राईका बताए। २०७५ साउन २९ गते कुलुङले आफ्नै बुवा हरि शंकर राईलाई कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका ...
: यस पटकपटकको निर्वाचनमा दाङ ठूलाको साख गुमेको छ भने अधिकांश उम्मेदवारको जमानत जफत भएको छ । फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको दाङमा नतिजा सार्वजनिक भएसँगै यस्तो देखिएको हो । यसले दाङको राजनीतिमा ठूलो उलटपुलट सिर्जना गरिदिएको छ। लामो समयदेखि राजनीतिमा प्रभावशाली मानिएका ठूला दलका प्रमुख पदाधिकारी,नेतादेखि पूर्वमन्त्री र पूर्वमुख्यमन्त्रीसम्मले यसपटक् कतिपयले ...
: डोटीमा माटोको ढिस्कोमा पुरिएर एक किशोरीको मृत्यु भएको छ । मंगलबार बिहान करिब ९:४८ बजेतिर जिल्लाको सायल गाउँपालिका-२ ग्वानी बस्ने शेर बहादुर सिंहको छोरी अन्दाजी १६ वर्षीया एलिना सिंहको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घर पोत्नका लागि सोहि ठाउँको गौशिलमा माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को झरेको थियो। ...
अछाममा समानुपातिकमा कांग्रेस पहिलो दल, रावलले जमानत जोगाउन सकेनन्