मुख्य समाचार
थापाले २०७४ सालदेखिको पछिल्लो आठ वर्षको समय यत्तिकै खेर गएको बताए
थापाले २०७४ सालदेखिको पछिल्लो आठ वर्षको समय यत्तिकै खेर गएको बताए

: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७४ सालदेखिको पछिल्लो आठ वर्षको समय यत्तिकै खेर गएको बताएका छन्। शुक्रवार नेपाली कांग्रेस रुपन्देहीले निर्वाचन क्षेत्र नम्वर–२ स्थित बुटवलमा आयोजना गरेको बृहत चुनावी सभालाई सम्वोधन गर्दै थापाले विगतका चुनावमा गरिएका चुनावी गठवन्धनकै कारण देशले समय खेर फालेको उल्लेख गरे ।

‘०७४ सालदेखि यता सबै पार्टी सत्तामा गएका छन् । चुनावी गठवन्धन गर्ने र सत्तामा पुग्ने मात्र काम यो बीचमा भयो’, थापाले भने, ‘तर, कुनै पनि दलका नेताहरुले देश विग्रेको बारेमा जिम्मा लिदैनन् । यो दुःखद् कुरा हो ।’

थापाले नेपाली राजनीतिमा यसअघि भइरहेका चुनावी गठवन्धनका कारण नेपाली राजनीति दुषित बन्दै गएको समेत धारणा व्यक्त गरे । विशेष परिस्थितिबीच हुन लागेको यसपालिको निर्वाचनमा कांग्रेसका नेता–कार्यकर्तालाई थापाले एक मिनेट पनि समय खेर नफाली चुनावी प्रचारमा होमिन आग्रह गरे ।

सभापति थापाले नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीले पछाडि फर्केर ठूला दललाई गाली मात्र गर्ने गरेको आरोप लगाए । ‘उ पनि सरकारमा गएको थियो, कति काम गर्‍यो ?’, थापाले भने, ‘अहिले प्रश्न गर्ने बेला आएको छ । प्रश्न सोध्नुस् ।’

गठवन्धनकै कारण दुषित बनेको नेपाली राजनीतिमा नेताहरु सरकार बनाउने, फाल्ने, प्रधानमन्त्री बनाउने र फाल्ने मात्र खेलमा लाग्दा देशले निकास पाउन नसकेको अनुभव सुनाए । थापाले नेपाली कांग्रेस पार्टी सुध्रिएर आएको बताउँदै अबको नयाँ जनादेशसहित देशको नेतृत्व गर्ने पहिलो पार्टी हुने समेत ठोकुवा गरे । थापाले अबको नेपाल कांग्रेसले सम्हाल्ने समेत उल्लेख गरे ।

‘जनताले खोजेको सुशसन र विकाससहितको एजेण्डा बोकेर कांग्रेस चुनावी मैदानमा छ’, थापाले भने, ‘अहिलेसम्म जति पनि विकास भएको छ, त्यो सवै विगतका छोटा छोटा समयमा बनेका सरकारका उपलव्ध हुन् ।’ सभापति थापाले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवारलाई मत माग्ने कार्यक्रम रहेको जिल्ला सभापति रामकृष्ण खाँणले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारतीय गोर्खा सैनिक (गोर्खा रेजिमेन्ट इन्डिया) मा नेपालीलाई पुन: भर्ती खुलाउन माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल, पोखराले बुधबार पोखरामा प्रदर्शन गरेको हो । प्रदर्शनमा नेपाली युवाहरूलाई भारतीय सेनामा पुन: भर्ती खुालाउनुपर्ने र भूतपूर्व सैनिक संघसंस्थाहरूको नवीकरण सुचारु गर्न माग गरिएको छ । पोखराका विभिन्न ठाउँमा भूतपूर्व भारतीय सैनिक ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतको तयारी गरेको छ । झण्डै ६ महिनापछि बिहीबार स्वदेश फर्किन लागेको देउवालाई इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो । इतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाले पूर्वसभापति देउवाको स्वागतका लागि बाजागाजासहित ...
। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको पोसाक तथा सामाग्री खरिदमा भएको भनिएको अनियमितताबारे छलफल गर्न थालेको छ । बुधबार बसेको समिति बैठकले १५ दिनभित्र प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण पेस गर्न निर्देशन जारी गरेको छ । यसअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण सरकारले १५ ...
। विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ । यो विषयमा बुधबार निर्वाचन आयोगको बैठक बसेको थियो । जसले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न अलग अलग दुई वटा समिति नै गठन गरेको छ । कानुनी तथा सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न आयोगका आयुक्तज्यूहरूको सयोजकत्वमा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले युवाको नेतृत्वमा रहेको सरकारले परिणाम दिन नसके युवाहरूले पनि नहुने भाष्य बन्न सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले राखेको कार्यक्रममा बोल्ने क्रममा सभापति लामिछानेले हाल युवाले चलाएको सरकार, पार्टी, सदन रहेको बताए । ‘युवा भनेर पनि नहुने भन्ने भाष्य बन्न सक्ने अवस्था आउनसक्छ । अहिले यो ...