मुख्य समाचार
अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण
अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण

: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ।

तालिबानको दाबी


तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल 'एक्स'मार्फत पाकिस्तानी सेनाको निरन्तरको उत्तेजना र सीमा उल्लंघनको जवाफमा 'आक्रामक अभियान' सुरु गरिएको जानकारी दिएका छन्। यस क्रममा तालिबान सम्बद्ध सैन्य स्रोतका अनुसार बिहीबार राति नान्गारहार र पक्तिया प्रान्तका सीमा क्षेत्रमा 'भारी झडप' भएको छ। आक्रमणमा १० पाकिस्तानी सैनिक मारिएको र १३ वटा सैन्य चौकी कब्जा गरिएको तालिबानको दाबी छ। यो कारबाही आइतबार पाकिस्तानले गरेको हवाई हमलाको बदला भएको उनीहरूले बताएका छन्।

पाकिस्तानको प्रतिवाद

अर्कोतर्फ, पाकिस्तानले तालिबानको दाबीलाई खण्डन गर्दै आफ्ना कुनै पनि चौकी कब्जा नभएको स्पष्ट पारेको छ। प्रधानमन्त्री शेहबाज शरीफका प्रवक्ता मोशरफ जैदीले पाकिस्तानी सेनाले 'अनावश्यक आक्रमण' को कडा जवाफ दिइरहेको बताएका छन्।

पाकिस्तानी पक्षको पछिल्लो दाबी अनुसार शुक्रबार बिहानसम्मको सैन्य कारबाहीमा १३३ अफगान तालिबान लडाकु मारिएका छन् भने २०० भन्दा बढी घाइते भएका छन्। पाकिस्तानले तालिबानका २७ वटा चौकी नष्ट गरेको र ९ वटा चौकी कब्जा गरेको दाबी गरेको छ। चित्रल, खैबर, कुर्रम र बाजौर क्षेत्रमा तालिबान फौजमाथि ठूलो सैन्य दबाब सिर्जना गरिएको पाकिस्तानको भनाइ छ।

तनावको मुख्य कारण: TTP र सुरक्षा चुनौती

यो हिंसात्मक बढोत्तरीको मुख्य कारण पाकिस्तानले 'तेहरिक-ए-तालिबान पाकिस्तान' TTP लाई अफगानिस्तानले आश्रय दिएको आरोप लगाउनु हो। सन् २०२५ /२०२६ को सुरुवाती महिनाहरूमा पाकिस्तानमा TTP सँग सम्बन्धित हिंसात्मक घटनाहरूमा उच्च वृद्धि भएको छ।

दक्षिण एसियाली विश्लेषक पर्ल पाण्ड्याका अनुसार, 'अफगान तालिबानले TTP विरुद्ध कडा कदम नचालेसम्म यो सीमा संघर्ष थप उग्र बन्ने निश्चित छ।' तर, तालिबानले भने आफ्नो भूमिमा कुनै पनि सशस्त्र समूहलाई आश्रय नदिएको दाबी गर्दै आएको छ।

राजधानी काबुलमा विस्फोटको आवाज

सीमामा जारी लडाइँकै बीच शुक्रबार बिहान अफगानिस्तानको राजधानी काबुलमा विमानको आवाजसँगै एउटा ठूलो विस्फोटको आवाज सुनिएको रिपोर्ट प्राप्त भएको छ। यस विस्फोटको क्षति र प्रकृतिको बारेमा विस्तृत विवरण आउन बाँकी छ।

दुवै देशबीच २,६११ किलोमिटर लामो सीमा विवाद र आतंकवादी समूहहरूको उपस्थितिले क्षेत्रकै सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको छ। अक्टोबरमा भएको यस्तै झडपमा ७० भन्दा बढी मानिसले ज्यान गुमाएपछि सीमा नाकाहरू बन्द अवस्थामा छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम