मुख्य समाचार
निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा मदिरा बिक्री वितरण तथा सार्वजनिक स्थानमा सेवनमा रोक
निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा मदिरा बिक्री वितरण तथा सार्वजनिक स्थानमा सेवनमा रोक

: प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा मदिरा बिक्री वितरण तथा सार्वजनिक स्थानमा सेवनमा रोक लगाइएको छ।



सुरक्षा व्यवस्था सम्बन्धमा निर्वाचन आयोग निर्णयअनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका मदिराको विक्री तथा सार्वजनिक स्थानमा सेवनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा जारी सूचनामा उल्लेख छ।


रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ पाध्याले निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म फागुन १५ देखि जिल्लामा मदिराको बिक्री तथा सार्वजनिक स्थानमा सेवनमा निषेध गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रशासन कार्यालय काठमाडौंले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं जिल्लाभित्र सञ्चालन हुँदै आएका सबै रात्रिकालीन व्यवसाय राति ९:०० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। कार्यालयले एक सूचना जारी गर्दै फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि उक्त व्यवस्था लागू हुने जनाएको हो। सो समयपछि सबै रात्रिकालीन ...
: निर्वाचन आयोगले जेन–जी आन्दोलनबारे बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाललाई बिहीबार पत्राचार गरेको छ। बीबीसी वल्र्ड सर्भिसले तयार गरेको वृत्तचित्र ‘सट लाइक द इनिमिजः इन्साइड नेपाल्स जेन–जी अपराइजिङ’ मा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन दबाउन तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रदर्शनकारीमाथि गोली चलाउने आदेश दिएको दाबी गरिएको ...
: पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोकनजिक सडक किनारमा एकजना पुरुषको शव भेटिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले सुन्दरहरैँचा–७ का अन्दाजी ६५ वर्षीय लोकबहादुर भुजेल मृत फेला परेको जानकारी दिए। उनका अनुसार सवारीसाधनको ठक्करबाट उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। ठडिया चोकबाट करिब ५ सय मिटर पर सडक किनारमा शुक्रबार बिहान ...
: आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेनाका करिब ८० हजार सैनिक खटिने भएका छन्। फागुन २१ गते हुने निर्वाचनमा देशभरि करिब ८० हजार सैनिक खटिने भएका हुन्। नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार निर्वाचनसम्बन्धी मुख्य कामहरूमा सैनिक अधिकारीहरूले भूमिका खेल्नेछन्। मतपत्र छपाईदेखि मतपत्र, मतपपेटिकाको सुरक्षा तथा निर्वाचन सामग्री ढुवानीमा पनि सेनाको मुख्य भूमिका रहने स्रोतले जनाएको छ। मतदानका ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७४ सालदेखिको पछिल्लो आठ वर्षको समय यत्तिकै खेर गएको बताएका छन्। शुक्रवार नेपाली कांग्रेस रुपन्देहीले निर्वाचन क्षेत्र नम्वर–२ स्थित बुटवलमा आयोजना गरेको बृहत चुनावी सभालाई सम्वोधन गर्दै थापाले विगतका चुनावमा गरिएका चुनावी गठवन्धनकै कारण देशले समय खेर फालेको उल्लेख गरे । ‘०७४ सालदेखि यता सबै पार्टी सत्तामा गएका छन् ...