: उदयपुरको चौदण्डिगढी नगरपालिका १० भिमामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गहुँदै गाईघाटबाट बेल्टारतर्फ जाँदै प्र.०१-०५-००२ प १८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो ।
दुर्घटनामा चौदण्डिगढी -५ सिवाईका १८ वर्षीय समिर चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन चापागाईंले जानकारी दिए । अनियन्त्रित मोटरसाइकल सडकछेउको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ ।
उनलाइ स्थानीयले उद्दार गरी नगर अस्पताल बेल्टार पुर्याउना साथ मृत्यु भएको एसपी चापागाईंले बताए । दुर्घटनामा सोही ठाउँका १८ वर्षीय मौसम चौधरी र २३ वर्षीय अशोक चौधरी गम्भीर घाइते भएका छन् ।
उनीहरूलाई थप उपचारको लागि विराटनगर रेफर गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको एसपी चापागाईंले बताए ।