मुख्य समाचार
आईसीसी टी-२० विश्वकप २०२६ मा शतकको वर्षा भइरहँदा शतकको विभिन्न खालको कीर्तिमान
आईसीसी टी-२० विश्वकप २०२६ मा शतकको वर्षा भइरहँदा शतकको विभिन्न खालको कीर्तिमान

। आईसीसी टी-२० विश्वकप २०२६ मा शतकको वर्षा भइरहँदा शतकको विभिन्न खालको कीर्तिमान बनेको छ ।

टी२० विश्वकपमा यसअघि ९ संस्करण सम्पन्न हुँदा जम्मा ११ शतक बनेका थिए । एकै संस्करणमा बढीमा २ शतक मात्र बनेको थियो भने कुनै संस्करणमा शतक नै बनेन । ९ मध्ये ७ संस्करणमा शतक प्रहार हुँदा दुई संस्करण शतकविहिन बनेको थियो ।

तर भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको १०औं संस्करणको टी२० विश्वकपमा कीर्तिमानी शतक बनेको छ ।

१०औं संस्करणमा शतकको वर्षा नै भयो । फाइनलअघि सम्म यस संस्करणमा ७ शतक प्रहार भइसकेको छ । जुनै आफैँमा कीर्तिमान हो ।

यस्तै यसअघि एकै एक खेलाडीले क्रिस गेलले मात्र फरक संस्करणमा गरेर दुई शतक प्रहार गरेका थिए । तर यस पटक एकै संस्करणमा पाकिस्तानका बाहिबजादा फरानले दुई शतक प्रहार गर्दै कीर्तिमान बनाए ।

यसअघि अहिलेसम्म कुनै पनि खेलाडीले एकै संस्करणमा दुई शतक बनाउन सकेको थिएन ।

यस पटक शतक प्रहारमा बनेका कीर्तिमानहरु यस्ता छन् ।

एकै संस्करणमा सबैभन्दा धेरै शतक

यस पटक अहिलेसम्म ७ शतक प्रहार भइसकेका छन् । जसमा पाकिस्तानका ओपनर शाहिबजादा फरानले दुई शतक प्रहार गरे ।

उनले समूह चरणमा नामिबिया विरुद्ध अविजित १०० रन प्रहार गर्दा सुपर ८ मा श्रीलंका विरुद्ध १०० रन बनाएका थिए ।

यस्तै यस संस्करणको पहिलो शतक श्रीलंकाका ओपनर पथुम निसन्काले समू चरणमा अष्ट्रेलिया विरुद्ध बनाएका थिए । उनले अविजित १०० रन बनाएका थिए ।

यस्तै क्यानडाका युवराज सम्राले न्युजिल्याण्ड विरुद्ध ११० रन बनाएका थिए ।

यसैगरी इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले सुपर ८ मा पाकिस्तान विरुद्ध १०० रन बनाएका थिए ।

यस्तै दुवै सेमिफाइनलमा शतक बन्यो । जुन अर्को कीर्तिमान बन्यो ।

पहिलो सेमिफाइनलमा न्युजिल्याण्डका फिन एलेनले दक्षिण अफ्रिका विरुद्ध अविजित १०० रन बनाए ।

यस्तै दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डका ज्याक बेथेलले भारत विरुद्ध १०५ रन बनाए ।

यसअघि पहिलो संस्करणमा वेस्ट इन्डिजका क्रिस गेलले दक्षिण अफ्रिका विरुद्ध शतक प्रहार गरेका थिए ।

सन् २०१० को तेस्रो संस्करणमा भारतका सुरेश रैनाले दक्षिण अफ्रिका र श्रीलंकाका माहेला जयबर्धनेले जिम्बाब्वे विरुद्ध शतक बनाएका थिए ।

न्युजिल्याण्डका ब्रेन्डन म्याकुलमले सन् २०१२ मा भएको चौथो संस्करणमा बंगलादेश विरुद्ध शतक प्रहार गरेका थिए । सन् २०१४ मा भएको पाँचौ संस्करणमा इंग्ल्यान्डका एलेक्स हेलसले श्रीलंका तथा पाकिस्तानका अहमेद शेहजादले बंगलादेश विरुद् शतक प्रहार गरेका थिए ।

सन् २०१६ मा भएको छैटौं संस्करणमा बंगलादेशका तमिम इकवालले ओमान विरुद्ध र वेस्ट इन्डिजका क्रिस गेलले इंगल्यान्ड विरुद्ध शतक बनाएका थिए ।

सन् २०२१ को सातौं संस्करणमा इंग्ल्यान्डका जोस बटलरले श्रीलंका विरुद्ध शतक प्रहार गरेका थिए भने सन् २०२२ को आठौं संस्करणमा दक्षिण अफ्रिकाका राइले रुसोले बंगलादेश विरुद्ध र न्युजिल्याण्डका ग्लेन फिलिप्सले श्रींलका विरुद्ध शतक प्रहार गरेका थिए ।

सन् २००९ को दोस्रो र २०२४ को नवौँ संस्करणमा भने कुनै शतक प्रहार भएन ।

एकै ब्याटरले बनाएको २ शतक

पाकिस्तानका शाहिबजाद फरान एकै संस्करणमा दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । पाकिस्तानका लागि ओपनिङ गरेका उनले समूह चरणमा नामिबिया विरुद्ध अविजित १०० रन बनाएका थिए । उनले ५८ बलमा ११ चौका र ४ छक्का प्रहार गरेका थिए ।



यस्तै सुपर ८ मा उनले श्रीलंका विरुद्ध ६० बल खेल्दै ९ चौका र ५ छक्का मदतमा १०० रन नै बनाएका थिए । फराक टी२० विश्वकपमा दुई शतक प्रहार गर्ने समग्रमा दोस्रो र एकै संस्करणमा दुई शतक हान्ने पहिलो खेलाडी बनेका हुन् ।

यसअघि वेस्ट इन्डिजका क्रिस गेलले दुई फरक संस्करणमा गरी दुई शतक प्रहार गरेका थिए ।

सबैभन्दा छिटो शतक

यस पटक टी२० विश्वकपकै सबैभन्दा छिटो शतक पनि बन्यो । न्युजिल्याण्डका ओपनर फिन एलेनले सेमिफाइनलमा दक्षिण अफ्रिका विरुद्ध ३३ बलमै शतक प्रहार गरे ।



उनले विजयी चौका प्रहार गर्दै शतक पूरा गर्दै सबैभन्दा छिटो शतकको कीर्तिमान बनाएका हुन् । उनले १० चौका र ८ छक्का प्रहार गरेका थिए । यसअघि सन् २०१६ मा क्रिस गेलले इंग्ल्यान्ड विरुद्ध ४८ बलमा शतक प्रहार गरेका थिए ।

सबैभन्दा कान्छो शतकधारी

यस संस्करणमा टी२० विश्वकपमा सबैभन्दा कम उमेर शतक हान्ने खेलाडीको पनि नयाँ कीर्तिमान बन्यो । उनले ६५ बल खेल्दै ११ चौका र ६ छक्का मदतमा ११० रन बनाएका थिए ।

क्यानडाका १९ वर्षिय युवराज सम्राले न्युजिल्याण्ड विरुद्ध शतक प्रहार गर्दै उक्त कीर्तिमान बनाएका हुन् । उनले शतक प्रहार गर्दा १९ वर्ष १४१ दिनका थिए । यसअघि सन् २०१४ मा पाकिस्तानका अहमद शेहजादले २२ वर्ष १२७ दिनका हुँदा शतक प्रहार गर्दै यो कीर्तिमान बनाएका थिए ।

सम्राको शतकमा क्यानडाले १७३ रन बनाएपनि जित हात पार्न सकेन । न्युजिल्याण्डले १५.१ ओभरमा १७६ रन बनाउँदै ८ विकेटले खेल जितेको थियो ।

एकै देशका दुई खेलाडीको शतक

यस पटक एकै राष्ट्रका दुई खेलाडीले शतक प्रहार गर्ने कीर्तिमान पनि बन्यो । इंग्लयाण्डबाट कप्तान ह्यारी ब्रुक र युवा अलराउण्डर ज्याक बेथेले एकै संस्करणमा शतक प्रहार गरे ।

ब्रुकले सुपर ८ मा पाकिस्तान विरुद्ध ५१ बलमा १० चौका र ४ छक्का मदतमा १०० रन बनाएका थिए ।

यस्तै बेथेलले सेमिफाइनलमा आयोजक भारत विरुद्ध १०५ रन बनाए । ४८ बल खेल्दै उनले ८ चौका र ७ छक्का प्रहार गरे ।

तर बेथेललको शतक इंग्लयान्डलाई जिताउन भने सकेन । २५४ रनको लक्ष्य पछ्याएको इंग्लयान्डले बेथलको शतक मदतमा २४७ रन मात्र बनाउन सकेपछि ७ रनले पराजित हुँदै फाइनल पुग्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...