: काठमाडौं क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्। उनले २४ हजार ५९२ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका सुमन सायमीले ३ हजार २१७ मत ल्याए। त्यस्तै कांग्रेसकी सपना राजभण्डारीले २८३५ र एमालेका राजेश शाक्यले १९०९ मत ल्याए।
यसअघि काठमाडौं १ मा रास्वपाकै रञ्जु न्यौपाने र काठमाडौं ६ मा रास्वपाकै शिशिर खनाल विजयी भएका थिए।