मुख्य समाचार
निर्वाचनमा आठौं पटक मैदानमा उत्रिएका थापाले आफ्नो राजनीतिक जीवनमा सातौं हार बेहोरेका छन्
निर्वाचनमा आठौं पटक मैदानमा उत्रिएका थापाले आफ्नो राजनीतिक जीवनमा सातौं हार बेहोरेका छन्

। पञ्चायतदेखि बहुदल हुँदै र गणतन्त्रसम्म पटकपटक सत्ता र शक्तिको केन्द्रमा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापा निर्वाचन परिणाममा भने निरन्तर पराजित हुँदै आएका पात्र हुन् ।

२०८२ को प्रतिनिधिसभा निर्वाचनमा आठौं पटक मैदानमा उत्रिएका थापाले आफ्नो राजनीतिक जीवनमा सातौं हार बेहोरेका छन् । ३५ वर्ष बढी समय मकवानपुरलाई आफ्नो राजनीतिक कर्मभूमि बनाएका थापाले यस पटक भने गृह जिल्ला छाडेर काठमाडौं क्षेत्र नम्बर ५ रोजेका थिए । तर निर्वाचनको नतिजाले उनलाई पुन: निराश बनायो ।


थापाले काठमाडौं–५ मा शुक्रबार मतगणना जारी नै रहँदा मतान्तर धेरै भएपछि हार स्वीकार गरिसकेका थिए । उनले चुनावी परिणामबाट विचलित नहुन र पार्टीलाई अघि बढाउन आत्मसमीक्षा गर्नुपर्ने बताए । उनले हार–जित चुनावको स्वाभाविक प्रक्रिया भएको बताएका छन् ।

काठमाडौं–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल ३० हजार ७३७ मत ल्याएर विजयी भए । यो प्रतिस्पर्धामा राप्रपाका थापा चौथो स्थानमा रहे । नेपाली कांग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ मत र नेकपा एमालेका ईश्वर पोखरेलले ४ हजार ७०१ मत ल्याउँदा थापाले १ हजार ९२२ मत मात्रै पाएको निर्वाचन आयोगको तथ्यांक छ ।

२०५१ को मध्यावधि निर्वाचन जितेयताका ३१ वर्षसम्म थापा गृहजिल्ला मकवानपुरबाट निरन्तर पराजित बनिरहेका थिए । ३५ वर्षपछि पहिलो पटक मकवानपुर छोडेर काठमाडौंमा प्रत्यक्ष चुनाव लडेका उनलाई यो चुनाव पनि अनुकूल रहेन ।
गृहजिल्ला मकवानपुरलाई राजनीतिको कर्मभूमि बनाएका थापाका लागि पटकपटक राजनीतिक परिस्थिति अनुकूल बन्यो । जसका कारण उनी उपप्रधानमन्त्रीसहित ९ पटक मन्त्री बने । २०४७ सालयता भएका सबै सात निर्वाचनमा सहभागी थापा एक पटक मात्र विजयी भए ।

२०५१ को मध्यावधि निर्वाचन जितेयताका ३१ वर्षसम्म थापा गृहजिल्ला मकवानपुरबाट निरन्तर पराजित बनिरहेका थिए । ३५ वर्षपछि पहिलो पटक मकवानपुर छोडेर काठमाडौंमा प्रत्यक्ष चुनाव लडेका उनलाई यो चुनाव पनि अनुकूल रहेन ।

थापा २०४७ यताका सबै चुनाव मकवानपुरबाट उठेका छन् । बहुदलपछिको २०४७ को चुनावमा उनलाई मकवानपुर–१ मा एमालेका कृष्णप्रसाद दाहालले हराइदिए । २०५१ को मध्यावधि चुनावमा मकवानपुरका दुवै क्षेत्रबाट उठेका थापाले मकवानपुर–१ मा दाहाललाई हराए भने २ मा एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भए ।

त्यसपछि २०५६ मा आम निर्वाचन भयो । त्यसमा मकवानपुर-१ र ३ बाट लडेका थापालाई दुवैतिर एमालेका उम्मेदवारले हराए । १ मा उनै दाहाल र ३ मा वीरबहादुर लामा विजयी भए ।

२०६४ को संविधानसभा निर्वाचनमा मकवानपुर–३ बाट उठेका थापालाई तत्कालीन नेकपा (माओवादी) केन्द्रका प्रल्हाद लामिछानेले हराए । २०७० मा भने उनी समानुपातिक सूचीमा रहँदै दोस्रो संविधानसभामा पुगे ।

२०७२ मा संविधान जारी भएपछि २०७४ मा भएको पहिलो निर्वाचनमा नेपाली कांग्रेससँगको सहकार्यमा थापा मकवानपुर–१ बाट उम्मेदवार बनेका थिए । त्यतिबेला पनि एमालेका कृष्णप्रसाद दाहालले हराए ।

२०७९ को निर्वाचनमा पनि उनी राप्रपा नेपालबाट मकवानपुर–१ बाटै उम्मेदवार बने । राप्रपाका उम्मेदवार दीपक सिंह विजयी हुँदा उनी तेस्रो स्थानमा रहन पुगे । कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना दोस्रो भइन् ।

२०५१ सालयता ९ पटक मन्त्री

२०१२ सालमा काठमाडौंको डिल्लीबजारमा जन्मिएका थापाले पञ्चायतकालमा पनि मकवानपुरबाट निर्वाचन लडे ।

२०४६ को राजनीतिक परिवर्तनले मुलुकमा बहुदलीय व्यवस्था पुनर्स्थापना गरेपछि २०४७ मा पहिलो आमनिर्वाचन भएको थियो । त्यसपछि पटकपटक सरकार फेरबदल हुँदा थापाले मन्त्री बन्ने मौका पाइरहे । २०५१ यता उनी ९ पटक मन्त्री बने ।

२०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन-सत्ता हातमा लिए । सो मन्त्रिपरिषद्मा थापा शक्तिशाली गृहमन्त्री बनेका थिए ।
२०५१ को मध्यावधि निर्वाचनपछि एमाले नेतृत्वको अल्पमतको सरकार ढलेपछि नेपाली कांग्रेसका शेरबहादुर देउवा नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकास मन्त्री भए । देउवा सरकार ढलेर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा राप्रपा–एमाले सरकार बन्दा उनी आवास तथा भौतिक योजना र परराष्ट्र मन्त्री भए ।

त्यसपछि सूर्यबहादुर थापाको नेतृत्वमा राप्रपा–कांग्रेस सरकार बन्ने परिस्थिति सिर्जना हुनासाथ क्याम्प परिवर्तन गरेर उनी परराष्ट्र र कृषि मन्त्री बने । सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा उनी सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्य मन्त्री पनि भए ।

२०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन-सत्ता हातमा लिए । सो मन्त्रिपरिषद्मा थापा शक्तिशाली गृहमन्त्री बनेका थिए ।

मुलुकमा गणतन्त्र स्थापना भएपछि २०६४ मा चुनाव हारे पनि समानुपातिकको कोटाबाट २०७० मा दोस्रो संविधानसभामा पुगेपछि पनि थापा मन्त्री बन्न सफल भए ।

२०७२ असोजमा केपी ओली नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्रीसहित परराष्ट्र र स्थानीय विकास मन्त्री भए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पनि उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री भए ।

त्यसपछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि उपप्रधानमन्त्री भए । २०७४ को चुनाव हारेपछि सत्ताबाट टाढिएका राप्रपा नेता थापा २०७९ र २०८२ को निर्वाचनमा पनि जनताबाट अस्वीकृत भए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्लाको इलेक्सन इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन्। विजयी भएसँगै बालेनले झापा ५ को लाल किल्ला भत्काइदिएको छ। बालेनले ६८ हजार ३८४ मत ल्याएका छन् भने ओलीले १८ हजार ७३४ ...
।​ नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको भावी राजनीति र संसद्मा आफ्नो भूमिका निर्विकल्प रहेको दाबी गरेका छन्। प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्वबाट विजयी भएपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले अबको संसद्मा आफू नै सबैभन्दा ‘वरिष्ठ’ र ‘निर्णायक’ नेताका रूपमा रहने जिकिर गरेका हुन्। ​विजयी र्‍यालीपछि आयोजित कोणसभामा बोल्दै प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले आफूहरूले नागरिक समक्ष गरेका बाचालाई पालना गरेर अगाडि बढ्ने बताएका छन् । चितवन क्षेत्र नम्बर २ बाट ५४ हजार ४०२ मत ल्याएर विजयी भएका लामिछानेले निर्वाचन कार्यालयबाट प्रमाणपत्र लिएरपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै इतिहासले नै आफूहरुलाई ठूलो जिम्मेबारी प्रदान गरेकोले आगामी दिनमा ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ हजार ८०९ मतान्तरले हराउँदै वाग्ले विजयी भएका हुन् । वाग्लेले ३८ हजार ४० मत पाउँदा भट्टराईले १६ हजार २३१ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार भगवती न्यौपानेले ५,८३० ...
। संघीय संसद् सचिवालय नयाँ संसद्को बैठक राख्ने तयारीमा जुटेको छ । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार गत सोमबार मुख्यसचिव, सुमनराज अर्याल, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय लगायतले निर्माणाधीन नयाँ संसद् भवनको अवलोकन गरेका थिए । अवलोकनपछि जसरी भए पनि चैत पहिलो सातासम्म हल उपलब्ध गराउन भनिएको गिरीले जानकारी दिए । ‘चैतको पहिलो सातासम्म ...