मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री भक्तपुर-२ मा भारी मतान्तरले विजयी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री भक्तपुर-२ मा भारी मतान्तरले विजयी

: हरेक निर्वाचनमा नयाँ अनुहार निर्वाचित गर्ने भक्तपुर-२ ले उम्मेदवारसँगै यसपटक भने दल पनि नयाँ रोजेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री भक्तपुर-२ मा भारी मतान्तरले विजयी भएका छन्। रास्वपाका खत्री ४२ हजार ३ सय ३४ सहित विजयी हुँदा नेकपा एमालेका महेश बस्नेत १० हजार ९ सय ९६ मा सीमित रहे।


नेपाली कांग्रेसका कविर राणा ८ हजार ४ सय १, नेकपाका रामप्रसाद सापकोटा १ हजार ३ सय २३ र नेमकिपाका रमेश वैद्य ३ हजार ७ सय ५३ ले मत पाएका छन्। २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानालाई करिब १८ हजार मतान्तरले पछि पार्दै विजय हात पारेका नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री महेश बस्नेतले यसपटक भने ११ हजार मत पनि पाउन सकेनन्।


भक्तपुर-२ मा ९८ हजार ३ सय ५२ मतदाता रहेकोमा ७३.२१ प्रतिशत अर्थात ७२ हजार ५ मत मात्र खसेको थियो।



को हुन खत्री ?

भोजपुर स्थायी घर भएका खत्री काठमाडौं-४ का मतदाता हुन्। ३९ वर्षीय खत्रीले दुई दशक पत्रकारिताको अनुभव संगालेका छन्। पत्रकारिता त्यागेर केही महिना अघि मात्र रास्वपामा लागेको घोषणा गरेका उनलाई पार्टी सभापतिले काठमाडौंबाट लड्न भने पनि उनले भक्तपुर-२ रोजेका थिए।

पुरानाहरुले देश बिगारेका कारण आफू राजनीतिमा आउनु परेको बताउने खत्री अब जेन-जी आन्दोलनका शहीदको सपना पूरा गर्न पुरै इमान्दारीपूर्वक लाग्ने उनी बताउँछन्। भक्तपुर-२ बाट निर्वाचित भएपछि अब भक्तपुरमै बसाई सर्ने पनि उनले योजना बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्लाको इलेक्सन इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन्। विजयी भएसँगै बालेनले झापा ५ को लाल किल्ला भत्काइदिएको छ। बालेनले ६८ हजार ३८४ मत ल्याएका छन् भने ओलीले १८ हजार ७३४ ...
।​ नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको भावी राजनीति र संसद्मा आफ्नो भूमिका निर्विकल्प रहेको दाबी गरेका छन्। प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्वबाट विजयी भएपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले अबको संसद्मा आफू नै सबैभन्दा ‘वरिष्ठ’ र ‘निर्णायक’ नेताका रूपमा रहने जिकिर गरेका हुन्। ​विजयी र्‍यालीपछि आयोजित कोणसभामा बोल्दै प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले आफूहरूले नागरिक समक्ष गरेका बाचालाई पालना गरेर अगाडि बढ्ने बताएका छन् । चितवन क्षेत्र नम्बर २ बाट ५४ हजार ४०२ मत ल्याएर विजयी भएका लामिछानेले निर्वाचन कार्यालयबाट प्रमाणपत्र लिएरपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै इतिहासले नै आफूहरुलाई ठूलो जिम्मेबारी प्रदान गरेकोले आगामी दिनमा ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ हजार ८०९ मतान्तरले हराउँदै वाग्ले विजयी भएका हुन् । वाग्लेले ३८ हजार ४० मत पाउँदा भट्टराईले १६ हजार २३१ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार भगवती न्यौपानेले ५,८३० ...
। संघीय संसद् सचिवालय नयाँ संसद्को बैठक राख्ने तयारीमा जुटेको छ । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार गत सोमबार मुख्यसचिव, सुमनराज अर्याल, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय लगायतले निर्माणाधीन नयाँ संसद् भवनको अवलोकन गरेका थिए । अवलोकनपछि जसरी भए पनि चैत पहिलो सातासम्म हल उपलब्ध गराउन भनिएको गिरीले जानकारी दिए । ‘चैतको पहिलो सातासम्म ...