मुख्य समाचार
मबाहेक अरू नेताको जित्ने छाँटकाँट छैन : प्रचण्ड
मबाहेक अरू नेताको जित्ने छाँटकाँट छैन : प्रचण्ड

।​ नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको भावी राजनीति र संसद्मा आफ्नो भूमिका निर्विकल्प रहेको दाबी गरेका छन्।

प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्वबाट विजयी भएपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले अबको संसद्मा आफू नै सबैभन्दा ‘वरिष्ठ’ र ‘निर्णायक’ नेताका रूपमा रहने जिकिर गरेका हुन्।

​विजयी र्‍यालीपछि आयोजित कोणसभामा बोल्दै प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका अन्य स्थापित शीर्ष नेताहरू यसपटकको प्रतिस्पर्धामा पाखा लाग्ने अवस्था आएको टिप्पणी गरे।

‘यस पटकको निर्वाचनमा केपी ओलीसहित आफ्नै दलका कतिपय नेताहरूले जित्ने छाँटकाँट देखिँदैन’ उनले भने, ‘मुलुकको राष्ट्रिय राजनीतिको मियो र संसद्को सबैभन्दा अनुभवी नेतृत्व अब म नै हूँ।’

​आफ्नो दलको नेतृत्वमा सरकार बन्ने गणितीय सुनिश्चितता नभए पनि नयाँ उदायका शक्तिहरूले आफ्नो छत्रछायामै रहनुपर्ने उनको तर्क छ । विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सल्लाह र मार्गनिर्देशनबिना सरकार सञ्चालन गर्न नसक्ने उनले दाबी समेत गरेका छन् । ‘रास्वपाले मसँगै सल्लाह र सुझाव लिएर मात्र सरकार बनाउनेछ’ उनले भने।

​सम्बोधनका क्रममा उनले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनलाई समेत सम्बोधन गरे। उक्त युवा विद्रोहले मुलुकको राजनीतिमा नयाँ तरंग ल्याएको र त्यसलाई सही तार्किक निष्कर्षमा पुर्‍याउने ल्याकत आफूसँग मात्रै रहेको उनले जिकिर गरे।

युवा पुस्ताको आक्रोशलाई सम्बोधन गर्दै देशलाई स्थिरता दिने जिम्मेवारी अब आफ्नो काँधमा आएको उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्लाको इलेक्सन इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन्। विजयी भएसँगै बालेनले झापा ५ को लाल किल्ला भत्काइदिएको छ। बालेनले ६८ हजार ३८४ मत ल्याएका छन् भने ओलीले १८ हजार ७३४ ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले आफूहरूले नागरिक समक्ष गरेका बाचालाई पालना गरेर अगाडि बढ्ने बताएका छन् । चितवन क्षेत्र नम्बर २ बाट ५४ हजार ४०२ मत ल्याएर विजयी भएका लामिछानेले निर्वाचन कार्यालयबाट प्रमाणपत्र लिएरपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै इतिहासले नै आफूहरुलाई ठूलो जिम्मेबारी प्रदान गरेकोले आगामी दिनमा ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ हजार ८०९ मतान्तरले हराउँदै वाग्ले विजयी भएका हुन् । वाग्लेले ३८ हजार ४० मत पाउँदा भट्टराईले १६ हजार २३१ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार भगवती न्यौपानेले ५,८३० ...
। संघीय संसद् सचिवालय नयाँ संसद्को बैठक राख्ने तयारीमा जुटेको छ । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार गत सोमबार मुख्यसचिव, सुमनराज अर्याल, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय लगायतले निर्माणाधीन नयाँ संसद् भवनको अवलोकन गरेका थिए । अवलोकनपछि जसरी भए पनि चैत पहिलो सातासम्म हल उपलब्ध गराउन भनिएको गिरीले जानकारी दिए । ‘चैतको पहिलो सातासम्म ...
: हरेक निर्वाचनमा नयाँ अनुहार निर्वाचित गर्ने भक्तपुर-२ ले उम्मेदवारसँगै यसपटक भने दल पनि नयाँ रोजेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री भक्तपुर-२ मा भारी मतान्तरले विजयी भएका छन्। रास्वपाका खत्री ४२ हजार ३ सय ३४ सहित विजयी हुँदा नेकपा एमालेका महेश बस्नेत १० हजार ९ सय ९६ मा सीमित रहे। नेपाली कांग्रेसका कविर ...