: जिल्लाको इलेक्सन इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन्। विजयी भएसँगै बालेनले झापा ५ को लाल किल्ला भत्काइदिएको छ।
बालेनले ६८ हजार ३८४ मत ल्याएका छन् भने ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन्। त्यस्तै श्रम संस्कृति पार्टीका समीर तामाङले ९ हजार २३३ मत ल्याएका छन्। नेपाली काँग्रेसका मन्धरा चिमरियाले एक हजार ८२१, नेकपाका रञ्जित तामाङले एक हजार ४६१ र राप्रपाका लक्ष्मी सङ्ग्रौलाले एक हजार ५३६ मत ल्याएका छन्।