मुख्य समाचार
एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा घोषणा
एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा घोषणा

। प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेकपा एमालेले भोगेको अनपेक्षित पराजयपछि पार्टीभित्र नतिजाको जिम्मेवारी लिने र नेतृत्वलाई दबाब दिने क्रम सुरु भएको छ। यसै सन्दर्भमा नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा घोषणा गरेका छन्।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पोखरेलले जनमतको कदर र पार्टीको खराब नतिजाको नैतिक जिम्मेवारी लिँदै आजकै मितिदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। उनले पार्टीको केन्द्रीय नेतृत्वलाई समेत जिम्मेवारी लिएर राजीनामा दिन र पार्टी पुनर्गठनको बाटो खुला गर्न सार्वजनिक चुनौती दिएका छन्।

पोखरेलले नेकपा माले हुँदै एमालेको ४५ वर्षे यात्रामा अहिले पार्टीले भोगेको परिणामबारे गम्भीर समीक्षा गर्नुपर्ने औँल्याएका छन्। नेतृत्वको कार्यशैलीप्रति कडा प्रहार गर्दै उनले लेखेका छन्, ‘यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, इर्ष्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन।’

पोखरेलले तलदेखि माथिसम्म सबैले आत्मसमीक्षा गरी आ–आफ्नो जिम्मेवारी ग्रहण गर्नुपर्ने बेला आएको भन्दै पार्टी अध्यक्षदेखि महासचिवसम्मको ध्यानाकर्षण गराएका छन्। ‘पार्टीलाई सही दिशामा अघि बढाउन पार्टी अध्यक्षदेखि महासचिवलगायत सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मसमीक्षा गर्नुपर्छ, र आवश्यक परे जिम्मेवारी लिएर राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि नेतृत्वकाले बाटो प्रशस्त गर्नुपर्दछ,’ पोखरेलले स्टाटसमा लेखेका छन्।

आगामी दिनमा पार्टीलाई जीवित र सुदृढ राख्ने हो भने यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी लिनैपर्ने उनको भनाइ छ। पदबाट राजीनामा दिए पनि पोखरेलले अब आउने युवा पुस्तालाई आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नयाँ युवा पुस्ताले पार्टीलाई सही दिशाबाट अगाडि बढाउने विश्वाससमेत व्यक्त गरेका छन्।

आफूलाई अहिलेसम्म प्राप्त सहयोग, माया र सद्भावप्रति आभार व्यक्त गरेका पोखरेलले जनमतको कदर गर्दै प्रतिनिधिसभामा भर्खरै निर्वाचित सबै सांसदहरूलाई हार्दिक बधाई तथा शुभकामना पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मधेश प्रदेशका जिल्लाहरूमा खाना पकाउने ग्यासको अभाव बढेको छ । अभावलाई देखाउँदै विक्रेताहरूले सिरहामा कालोबजारी गर्न थालेका छन् । ‘अभावको मौका छोपेर लहानका ग्यास बेच्ने पसलेहरूले कालोबजारी गर्न थाले,’ लहानस्थित महराजा रेस्टुरेन्ट एन्ड होटेलका सञ्चालक पिन्टु राउतले भने, ‘दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर ४ हजार ५०० रुपैयाँ मागियो ।’ एकाएक त्यति चर्को मूल्य सुनेपछि आफू ...
। गत ११ माघमा भएको निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय सभा सदस्यहरूका शपथ ग्रहण भएको छ । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा भएको शपथमा रामकुमारी झाक्री १५ मिनेट ढिलो पुगेकी थिइन् । २ बजेबाट शपथ समारोह सुरु भएकोमा झाक्री २:१५ मा हल प्रवेश गरेकी थिइन् । त्यतिबेला अन्य सदस्यको सपथ सकिएको थियो । १५ मिनेट ढिलो ...
। बैतडीमा पाँच हजारबढी मत बदर भएको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका यहाँ पाँच हजार ११३ मत बदर भएको हो । आइबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार ७२ हजार ८४३ मत खसेकोमा पाँच हजार ११३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । ६७ हजार ७३० मत सदर ...
। झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि उनकै घरमा हातपात भएको छ । आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन् । प्रहरीका अनुसार गौरादह-५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् । हातपात गरेको आरोपमा प्रहरीले सिटौलालाई पक्राउ गरेको छ । मेयर सुवेदीको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च ...