मुख्य समाचार
राजनीतिक व्यस्तता र प्रशासनिक ध्यान अन्यत्र मोडिएको मौका छोपी त्रिशूली नदी किनारमा अवैध नदीजन्य पदार्थको दोहन तीव्र
राजनीतिक व्यस्तता र प्रशासनिक ध्यान अन्यत्र मोडिएको मौका छोपी त्रिशूली नदी किनारमा अवैध नदीजन्य पदार्थको दोहन तीव्र

: धादिङको सिद्धलेक गाउँपालिका–६, परेवाटारमा सिङ्गो मुलुक प्रतिनिधि सभा निर्वाचनको परिणामको प्रतिक्षामा रहेको बेला, राजनीतिक व्यस्तता र प्रशासनिक ध्यान अन्यत्र मोडिएको मौका छोपी त्रिशूली नदी किनारमा अवैध नदीजन्य पदार्थको दोहन तीव्र बनेको छ ।

नेपाल सरकारको कानुन र सर्वोच्च अदालतको स्पष्ट आदेशअनुसार नदीको सतहमा मेशिन (डोजर वा स्काभेटर) प्रयोग गरी उत्खनन गर्नु पूर्णतः निषेध गरिएको छ । तर, सिद्धलेक गाउँपालिका–६ मा दिनदहाडै स्काभेटर प्रयोग गरी त्रिशूली नदीको बगर, ढुंगा, गिटी र बालुवा उत्खनन भइरहेको छ । यसलाई टिफर र ट्रयाक्टरमा लोड गर्ने दृश्य जो कोहीले सहजै देख्न सक्छ ।


स्थानीयहरूले आरोप लगाएका छन् कि–यस अवैध दोहनमा गाउँपालिकाको प्रत्यक्ष संलग्नता वा कम्तीमा मौन समर्थन रहेको देखिन्छ । प्रहरी र प्रशासनिक कार्यालय नजिक भए पनि यस क्षेत्रमा भइरहेको संगठित उत्खननप्रति उनीहरूको मौनता ‘सेटिङ’ को आशंका बलियो बनाएको छ ।



एक स्थानीयले नाम नखुलाउने शर्तमा भने, ‘गाउँपालिकाले आफैं नियम मिचेर दोहन बढावा दिइरहेको छ, अनि प्रहरी–प्रशासन टुलुटुलु हेरेर बसिरहेका छन् । कानुनको पालना गराउनु पर्ने निकायहरूले नै तस्करहरूसँग मिलेर राज्यको प्राकृतिक स्रोत लुट्न सक्रिय हुनु दुःखद छ । ’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मधेश प्रदेशका जिल्लाहरूमा खाना पकाउने ग्यासको अभाव बढेको छ । अभावलाई देखाउँदै विक्रेताहरूले सिरहामा कालोबजारी गर्न थालेका छन् । ‘अभावको मौका छोपेर लहानका ग्यास बेच्ने पसलेहरूले कालोबजारी गर्न थाले,’ लहानस्थित महराजा रेस्टुरेन्ट एन्ड होटेलका सञ्चालक पिन्टु राउतले भने, ‘दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर ४ हजार ५०० रुपैयाँ मागियो ।’ एकाएक त्यति चर्को मूल्य सुनेपछि आफू ...
। गत ११ माघमा भएको निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय सभा सदस्यहरूका शपथ ग्रहण भएको छ । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा भएको शपथमा रामकुमारी झाक्री १५ मिनेट ढिलो पुगेकी थिइन् । २ बजेबाट शपथ समारोह सुरु भएकोमा झाक्री २:१५ मा हल प्रवेश गरेकी थिइन् । त्यतिबेला अन्य सदस्यको सपथ सकिएको थियो । १५ मिनेट ढिलो ...
। बैतडीमा पाँच हजारबढी मत बदर भएको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका यहाँ पाँच हजार ११३ मत बदर भएको हो । आइबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार ७२ हजार ८४३ मत खसेकोमा पाँच हजार ११३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । ६७ हजार ७३० मत सदर ...
। झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि उनकै घरमा हातपात भएको छ । आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन् । प्रहरीका अनुसार गौरादह-५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् । हातपात गरेको आरोपमा प्रहरीले सिटौलालाई पक्राउ गरेको छ । मेयर सुवेदीको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च ...