मुख्य समाचार
महांकाल गाउँपालिका उपाध्यक्ष गोलेले गरिन् मासिक तलबभत्ता नलिने घोषणा
महांकाल गाउँपालिका उपाध्यक्ष गोलेले गरिन् मासिक तलबभत्ता नलिने घोषणा

। ललितपुरको महांकाल गाउँपालिका उपाध्यक्ष डोल्मा माया गोलेले राज्यबाट मासिक रुपमा पाउने तलबभत्ता वापतको रकम सामाजिक सेवाको क्षेत्रमा खर्च गर्ने घोषणा गरेकी छन् । आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उपाध्यक्ष गोलेले सो घोषणा गरेकी हुन् ।

अनलाइनखबर डटकमको २०८१ सालको ५० प्रभावशाली महिलामा छनौट भएकी गोलेले सामाजिक सन्जालमा लेखेकी छन्, ‘महिला दिवसको अवसरमा तपाईंहरु आमा, दिदी, वहिनीलाई साक्षी राखेर अबबाट मैले राज्यबाट पाउने तलव भत्ता वापतको रकम नलिने र मासिक रुपमा आउने तलब भत्ता बापतको रकम जेष्ठ नागरिक, अपाङ्गता, महिला, किसान, शिक्षक, युवा, स्वास्थ्य स्वयंसेविका लगायत क्षेत्रमा खर्च गरिने घोषणा गरेको छु ।’

उनले थप लेखेकी छन्, ‘मैले प्रयोग गर्दै आएका सरकारी सवारी साधन समेत परिवारमा कोही सहारा नभएका जेष्ठ नागरिक, अपांग भएको अति विपन्न नागरिकहरु सरकारी सेवा लिन पालिका र वडा आउन जानका लागि मासिक वृद्धभत्ता लिन पालिका केन्द्रको बैंकसम्म पुर्‍याउन सहजीकरण गरिनेछ ।’

यद्यपि पालिकाभरिबाट मात्र यो सेवा उपभोग गर्न पाइने उनको भनाइ छ । त्यसका लागि महांकाल गाउँपालिका महिला तथा बालबालिका शाखाले सम्बन्धित वडा अध्यक्ष जनप्रतिनिधि एवं सचिव र स्वास्थ्य स्वयंसेविकाहरुसँग समन्वय गरेर यो सेवा लिन सकिने उपाध्यक्ष गोलेको भनाइ छ ।

फेसबुकमा आफ्नो मोबाइल नम्बरसमेत सार्वजनिक गरेर उनले भनेकी छन्, ‘खुलेर भन्नुस्, तपाईंको आपत–विपत, दु:खको पीडामा मसँगै रहनेछु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मधेश प्रदेशका जिल्लाहरूमा खाना पकाउने ग्यासको अभाव बढेको छ । अभावलाई देखाउँदै विक्रेताहरूले सिरहामा कालोबजारी गर्न थालेका छन् । ‘अभावको मौका छोपेर लहानका ग्यास बेच्ने पसलेहरूले कालोबजारी गर्न थाले,’ लहानस्थित महराजा रेस्टुरेन्ट एन्ड होटेलका सञ्चालक पिन्टु राउतले भने, ‘दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर ४ हजार ५०० रुपैयाँ मागियो ।’ एकाएक त्यति चर्को मूल्य सुनेपछि आफू ...
। गत ११ माघमा भएको निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय सभा सदस्यहरूका शपथ ग्रहण भएको छ । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा भएको शपथमा रामकुमारी झाक्री १५ मिनेट ढिलो पुगेकी थिइन् । २ बजेबाट शपथ समारोह सुरु भएकोमा झाक्री २:१५ मा हल प्रवेश गरेकी थिइन् । त्यतिबेला अन्य सदस्यको सपथ सकिएको थियो । १५ मिनेट ढिलो ...
। बैतडीमा पाँच हजारबढी मत बदर भएको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका यहाँ पाँच हजार ११३ मत बदर भएको हो । आइबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार ७२ हजार ८४३ मत खसेकोमा पाँच हजार ११३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । ६७ हजार ७३० मत सदर ...
। झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि उनकै घरमा हातपात भएको छ । आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन् । प्रहरीका अनुसार गौरादह-५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् । हातपात गरेको आरोपमा प्रहरीले सिटौलालाई पक्राउ गरेको छ । मेयर सुवेदीको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च ...