मुख्य समाचार
इरानी ड्रोन आक्रमणबाट अबुधावी विमानस्थलमा मारिएका गोरखा बोर्लाङका दिवस श्रेष्ठको दाहसंस्कार
इरानी ड्रोन आक्रमणबाट अबुधावी विमानस्थलमा मारिएका गोरखा बोर्लाङका दिवस श्रेष्ठको दाहसंस्कार

: इरानी ड्रोन आक्रमणबाट अबुधावी विमानस्थलमा मारिएका गोरखा बोर्लाङका दिवस श्रेष्ठको दाहसंस्कार गरिएको छ। पशुपति आर्यघाटमा शनिबार राति ८ बजे दाहासंस्कार गरेर बोर्लाङ ठाँटीस्थित घरमा आइतबारदेखि काजकिरिया सुरु गरिएको भीमसेनथापा गाउँपालिका-८ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए।

मृतकका बुबा चामबहादुर श्रेष्ठले छोरा दिवसको काजकिरिया गर्न सुरु गरेका छन्। आइतबार आठौं दिनदेखि काजकिरिया सुरु गरिएको उनले बताए। अबुधावीस्थित जायद विमानस्थलमा कार्यरत २९ वर्षीय श्रेष्ठको एक साताअघि शनिबार राति इरानले प्रहार गरेको ड्रोन निष्क्रिय पार्ने क्रममा मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले जानकारी दिएको छ।


उनको शव गत शनिबार अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा ल्याइपुर्‍याई साँझ दाहसंस्कार गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बेलायतको रश्मूर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले एकैदिन गोर्खाली सैनिकहरूको वीरताको स्मरण गर्दै देउसी–भैलो खेलेर तिहार मनाएका छन् । ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) को आयोजनामा यस वर्ष पहिलोपटक उनीहरूले कुकुर तिहारसमेत मनाएका छन् । रश्मूर क्षेत्रको अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा नोभेम्बर ७ मा रिमेम्बरेन्स डे (स्मृति दिवस) को औपचारिक कार्यक्रम आयोजना गरी वीर गोर्खालीको योगदान, ...
। अमेरिकाको भर्जिनिया राज्यमा ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । १० नोभेम्बर २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको अभियोगमा दोषी ठहर गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । सीएनएनका अनुसार भट्टले आफ्नी पत्नीको हत्या गरेको अभियोग अस्वीकार गर्दै आएकामा जुरीले उनको दाबी अस्वीकार ...
। भूतपूर्व ब्रिटिश गोर्खाहरू आफ्नो समान अधिकार सुनिश्चित गर्न एकपटक पुनः तातेका छन् । भूतपूर्व गोर्खाहरूले अन्तिम दबाब स्वरूप नेपाल र बेलायत सरकारसँग छलफल जारी राख्दै आफ्ना माग पूरा नभए फेरि सशक्त आन्दोलनको चेतावनी दिएका छन् । काठमाडौंमा परराष्ट्रमन्त्री शिशिर खनाललाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदा यता लन्डनस्थित दूतावासमा समेत छलफल भएको छ । नेपाल सरकारले भूतपूर्व गोर्खा मुद्दाको समाधानका ...
। नेपाली मूलका अस्ट्रेलियन प्रहरी वरिष्ठ कन्स्टेबल बिकास भारतीले अस्ट्रेलियाको प्रतिष्ठित राष्ट्रिय बहादुरी अवार्ड प्राप्त गरेका छन्। उनको अदम्य साहस र कर्तव्यनिष्ठाको कदर गर्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले संघीय संसद्‌को प्रश्नोत्तर समयमामा प्रशंसासमेत गरेका छन्। अस्ट्रेलियाको पुलिस फेडेरेसनले बुधबार क्यानबेरामा आयोजित एक समारोहमा भारतीलाई उक्त सम्मान प्रदान गरेको हो। न्यु साउथ वेल्स (एनएसडब्लु) प्रहरीअन्तर्गत ‘बर्रउड पुलिस ...
। न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली नागरिक, विशेषगरी विद्यार्थीहरू राहदानी नवीकरण र अन्य कन्सुलर सेवा लिन सास्ती भोग्न बाध्य भएका छन्। त्यहाँ नेपाली दूतावास नहुँदा र राहदानी छपाइमा देखिएको भनिएको प्राविधिक समस्या लम्बिँदा नेपालीहरू ठूलो आर्थिक भार र प्रशासनिक झन्झटमा परेका हुन्। आधारभूत कन्सुलर सेवा लिन अस्ट्रेलिया वा नेपालसम्मै पुग्नुपर्ने अवस्था आएपछि न्युजिल्यान्डस्थित नेपाली समुदायका अगुवाहरूले नेपाल ...