मुख्य समाचार
निर्वाचनमा प्राप्त परिणामलाई लिएर पार्टी सभापति गगन थापाको राजीनामा माग्न नहुने नेता सुनिल शर्माले बताए
निर्वाचनमा प्राप्त परिणामलाई लिएर पार्टी सभापति गगन थापाको राजीनामा माग्न नहुने नेता सुनिल शर्माले बताए

— प्रतिनिधिसभा निर्वाचनमा प्राप्त परिणामलाई लिएर पार्टी सभापति गगन थापाको राजीनामा माग्न नहुने नेता सुनिल शर्माले बताएका छन् । पार्टी सभापतिको राजीनामाले निकाश नदिने शर्माको भनाइ छ ।

पार्टी कठिन अवस्थाबाट अगाडि बढाउनुपर्ने अवस्थामा सभापति थापाको राजीनामा माग्नु उचित नभएको शर्माको भनाइ छ । 'सभापतिको राजीनामा निकास होइन, अब शून्यबाटै उठ्ने बेला हो । यो कठिन घडीमा सभापति गगन थापाको राजीनामा माग्नु वा दिनु समाधान होइन, त्यो केवल क्षणिक भावावेश मात्र हो,' शर्माले भनेका छन्, 'नेतृत्वको हैसियतले उहाँमाथि नैतिक दायित्व अवश्य रहन्छ, तर आज देखिएको संकटको मूल कारण दशकौँदेखि चल्दै आएको फोहोरी र अवसरवादी राजनीति हो । सम्पूर्ण असफलताको भारी एउटै व्यक्तिको काँधमा थोपर्नु राजनीतिक दृष्टिले न्यायोचित हुँदैन ।'

पार्टीका सबै नेताहरूले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको पनि नेता शर्माको भनाइ छ । कांग्रेस विशेष महाधिवेशन नगरी चुनावमा गएको भएको अवस्थाको परिकल्पना गर्न पनि उनले आग्रह गरेका छन् । 'यदि विशेष महाधिवेशन नभई पुरानै नेतृत्वको कार्यशैली र संरचनामा चुनाव लडिएको भए, आज पार्टीको अवस्था कस्तो हुन्थ्यो भन्ने प्रश्न पनि गम्भीर रूपमा सोच्नुपर्ने विषय हो,' शर्माले भनेका छन्, 'आज देखिएको पराजय कुनै एक व्यक्तिको कारण मात्र होइन; विगतमा भएका गलत निर्णय, जनभावनाविपरीतका गतिविधि र पुरानो नेतृत्वको कमजोर कार्यशैलीको दीर्घकालीन परिणाम हो । जसले नागरिकको मन दुखायो र जनताको विश्वास कमजोर बनायो, त्यसको जिम्मेवारी पनि त्यही पुरानो नेतृत्व र सम्बन्धित व्यक्तिहरूले लिनुपर्छ ।'

पार्टीभित्र एकता र सहकार्यको वातावरण बनाउनुपर्ने पनि शर्माको भनाइ छ । 'आउनुहोस्, विगतका कमी-कमजोरीबाट पाठ सिक्दै अब शून्यबाटै नयाँ संघर्ष सुरु गरौँ । काँधमा काँध मिलाएर जनताको गुमेको भरोसा पुनः जितौँ र पार्टीलाई फेरि जनतामाझ विश्वासिलो र शक्तिशाली रूपमा स्थापित गरौँ,' शर्माले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नयाँ सरकार गठनसँगै पहिलो संसद् बैठक नयाँ भवनबाट नै गर्ने तयारी सरकारको छ। यसअघि नयाँ वानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संघीय संसद् भवन थियो। यही भदौ २३ को प्रदर्शन र २४ को आन्दोलनका क्रममा आगजनीपछि उक्त भवन पूर्णरूपमा क्षतिग्रस्त छ। २०७६ सालबाट नै सरकारले सिंहदरबारभित्र नयाँ संसद् भवन निर्माण गर्दैछ। तर, ३ वर्षमा ...
: आफ्नै बुवाको हत्या गरी फरार रहेका सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३८ वर्षीय देवेन्द्र कुलुङलाई ७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। कुलुङलाई मंगलबार इटहरी उपमहानगरपालिका–९ स्थित ट्याङ्ग्रा खोला नजिकबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषण बाबु राईका बताए। २०७५ साउन २९ गते कुलुङले आफ्नै बुवा हरि शंकर राईलाई कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका ...
: यस पटकपटकको निर्वाचनमा दाङ ठूलाको साख गुमेको छ भने अधिकांश उम्मेदवारको जमानत जफत भएको छ । फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको दाङमा नतिजा सार्वजनिक भएसँगै यस्तो देखिएको हो । यसले दाङको राजनीतिमा ठूलो उलटपुलट सिर्जना गरिदिएको छ। लामो समयदेखि राजनीतिमा प्रभावशाली मानिएका ठूला दलका प्रमुख पदाधिकारी,नेतादेखि पूर्वमन्त्री र पूर्वमुख्यमन्त्रीसम्मले यसपटक् कतिपयले ...
: डोटीमा माटोको ढिस्कोमा पुरिएर एक किशोरीको मृत्यु भएको छ । मंगलबार बिहान करिब ९:४८ बजेतिर जिल्लाको सायल गाउँपालिका-२ ग्वानी बस्ने शेर बहादुर सिंहको छोरी अन्दाजी १६ वर्षीया एलिना सिंहको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घर पोत्नका लागि सोहि ठाउँको गौशिलमा माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को झरेको थियो। ...
अछाममा समानुपातिकमा कांग्रेस पहिलो दल, रावलले जमानत जोगाउन सकेनन्