मुख्य समाचार
परिवर्तनलाई नागरिकको मन र घरमा पुर्‍याउन सकिएन : विश्वप्रकाश शर्मा
परिवर्तनलाई नागरिकको मन र घरमा पुर्‍याउन सकिएन : विश्वप्रकाश शर्मा

— पार्टी सभापति गगन थापाको पराजयसँगै कांग्रेसभित्र अब के हुन्छ भन्ने खुसफुस सुरु भएको छ । सभापति र पार्टीका सबैजसो शीर्ष नेताहरू नै पराजित भएपछि विशेष महाधिवेशनबाट नेतृत्वमा आएकाहरूमाथि पनि प्रश्नहरू उठ्न थालेका छन् । यही पृष्ठभूमिमा कान्तिपुर संवाददाता कुलचन्द्र न्यौपानेले गरेको संक्षिप्त कुराकानी :

कांग्रेसले यो निर्वाचन परिणामलाई कसरी लिएको छ ?

केन्द्रीय कार्यसमितिको बैठक चाँडै बस्छ । बैठकपछि हामी समीक्षा गर्छौं । नियमित महाधिवेशनको प्रक्रिया पनि सुरु गराउँछौं । सांगठनिक रूपमा संगठनलाई व्यवस्थित गराउने काममा लाग्छौं ।

यसअघि वैशाखमा तोकिएको मितिमा महाधिवेशनको तयारी गर्ने हो ?

त्यहीँ मितिमा गर्न सकिन्छ कि सकिँदैन भन्ने समीक्षा पनि गर्छौं । त्यसमै गर्न सकियो भने सबैको साझा स्वामित्व पनि हुन्छ । चैतभरि तयारी गरेर डेढ महिनाभित्र महाधिवेशन नसकिने भन्ने कुरो छैन । तर अहिले चुनाव हारेको कारण एकखालको निराशा भइरहेको छ, अलि पछि गर्ने कि भन्ने पनि छ । त्यसबारे अब बस्ने बैठकले एउटा दृष्टिकोण बनाउँछ । त्यसपछि हामीसँग असहमत रहनु भएका नेताहरूसँग पनि सल्लाह गर्छौं ।

निर्वाचनमा कांग्रेसका तपाईँ नेताहरूले यस्तो परिणाम आउला भन्ने अपेक्षा गर्नुभएको थियो ?

यो धेरैले अनपेक्षित भने पनि यो अप्रत्याशित थिएन । यस परिणामलाई हेर्दा ०७९ सालको निर्वाचनसँग जोडेर हेर्नुपर्छ । त्यसका लागि ०७९ को स्थानीय तहको निर्वाचनमै धरान, काठमाडौं र धनगढीमा स्वतन्त्र उम्मेदवारहरूलाई मतदाताले जिताएर के संकेत दिएका थिए ? त्यसलाई बुझ्नुपर्छ । त्यतिबेला मतदाताले दलहरू रूपान्तरित हुनुपर्छ भन्ने सन्देश दिएका थिए । दलहरू बदलिनुपर्छ, नभए हामी बदलिन्छौँ भनेका थिए । हामी बदलिन सकेनौँ, तर त्यो मतको संकेतलाई बुझेर र नागरिकको असन्तुष्टिलाई भोटमा बदल्न सकिने रहेछ भन्ने बुझेर रास्वपाको जन्म भयो ।

०७९ को निर्वाचनमा संसदमा हामी ठूलो दल त भयौँ । तर हामीले सरकारको नेतृत्व पनि गरेनौँ, प्रतिपक्षको नेतृत्व पनि गरेनौँ । सरकारले काम गर्दा सल्लाह–परामर्श नगरी गर्ने, तर दोष कांग्रेसले पनि पाउने अवस्था भयो । यसले निर्वाचनलाई असर गर्‍यो । जेनजी आन्दोलनपछि हामीले पार्टीभित्र व्यापक सुधार र नेतृत्व बदल्यौँ । तर त्यसलाई आम नागरिकमाझ स्थापित गर्न सकिएन ।

विशेष महाधिवेशनले नेतृत्व र नीति बदलेको भन्नुभयो । तर त्यसलाई मतदाताले पत्याएनन् । अहिले यसको औचित्य नै समाप्त भयो भन्नेहरू पनि छन् नि ?

महाधिवेशनले पार्टी पंक्तिलाई चाहिँ ऊर्जामा लग्यो । विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्‍यो । तर नागरिकको घरसम्म, मनसम्म पुर्‍याउने काम गर्न सकिएन । समय नै पुगेन । निर्वाचनका लागि तयारी गर्न पर्याप्त समय पुगेन । किनभने हामीले विशेष महाधिवेशन गरिसक्दा निर्वाचनको मनोनयन आइसकेको थियो । प्रतिकूल परिस्थितिबाट उम्मेदवारी दिने अवस्थामा थियौँ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नयाँ सरकार गठनसँगै पहिलो संसद् बैठक नयाँ भवनबाट नै गर्ने तयारी सरकारको छ। यसअघि नयाँ वानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संघीय संसद् भवन थियो। यही भदौ २३ को प्रदर्शन र २४ को आन्दोलनका क्रममा आगजनीपछि उक्त भवन पूर्णरूपमा क्षतिग्रस्त छ। २०७६ सालबाट नै सरकारले सिंहदरबारभित्र नयाँ संसद् भवन निर्माण गर्दैछ। तर, ३ वर्षमा ...
: आफ्नै बुवाको हत्या गरी फरार रहेका सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३८ वर्षीय देवेन्द्र कुलुङलाई ७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। कुलुङलाई मंगलबार इटहरी उपमहानगरपालिका–९ स्थित ट्याङ्ग्रा खोला नजिकबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषण बाबु राईका बताए। २०७५ साउन २९ गते कुलुङले आफ्नै बुवा हरि शंकर राईलाई कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका ...
: यस पटकपटकको निर्वाचनमा दाङ ठूलाको साख गुमेको छ भने अधिकांश उम्मेदवारको जमानत जफत भएको छ । फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको दाङमा नतिजा सार्वजनिक भएसँगै यस्तो देखिएको हो । यसले दाङको राजनीतिमा ठूलो उलटपुलट सिर्जना गरिदिएको छ। लामो समयदेखि राजनीतिमा प्रभावशाली मानिएका ठूला दलका प्रमुख पदाधिकारी,नेतादेखि पूर्वमन्त्री र पूर्वमुख्यमन्त्रीसम्मले यसपटक् कतिपयले ...
: डोटीमा माटोको ढिस्कोमा पुरिएर एक किशोरीको मृत्यु भएको छ । मंगलबार बिहान करिब ९:४८ बजेतिर जिल्लाको सायल गाउँपालिका-२ ग्वानी बस्ने शेर बहादुर सिंहको छोरी अन्दाजी १६ वर्षीया एलिना सिंहको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घर पोत्नका लागि सोहि ठाउँको गौशिलमा माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को झरेको थियो। ...
अछाममा समानुपातिकमा कांग्रेस पहिलो दल, रावलले जमानत जोगाउन सकेनन्