मुख्य समाचार
२३ र २४ भदौको घटनाबारे जाँचबुझ गर्न गठन भएको आयोगले केही व्यक्तिहरूलाई फौजदारी कारबाहीको सिफारिस
२३ र २४ भदौको घटनाबारे जाँचबुझ गर्न गठन भएको आयोगले केही व्यक्तिहरूलाई फौजदारी कारबाहीको सिफारिस

। २३ र २४ भदौको घटनाबारे जाँचबुझ गर्न गठन भएको आयोगले केही व्यक्तिहरूलाई फौजदारी कारबाहीको सिफारिस गरेको छ ।

परिस्थितीको यकिन नगरी बल प्रयोगमा भूमिका खेलेको आरोपमा आयोगले त्यतिबेला ओहोदामा रहेका केही व्यक्तिहरूलाई कारबाहीको सिफारिस गरेको, स्रोतले बतायो ।

जाँचबुझ आयोगसम्बद्ध स्रोतका अनुसार, तत्कालीन प्रहरी महानिर्देशक चन्द्रकुवेर खापुङ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल, उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिपशम्सेर जबरा, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख विश्व अधिकारी लगायतमाथि फौजदारी कारबाहीको सिफारिस गरेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको भूमिकाबारे केही विश्लेषण गरे पनि आयोगसम्बद्ध स्रोतले उनीहरूमाथि के-कस्तो कारबाहीको सिफारिस भएको छ भन्नेबारे स्पष्ट उल्लेख गरेन ।

फौजदारी कारबाहीको सिफारिस कार्यान्वयन भएमा आयोगको प्रतिवेदनलाई जाहेरी मानेर प्रहरीले व्यक्ति हत्याको आरोपमा सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाउँछ । त्यसक्रममा संलग्न भएका भनिएका व्यक्तिहरू पक्राउ पर्ने र उनीहरू विरुद्ध प्रमाण भेटिए मुद्दा चलाउने सिफारिस समेत हुनसक्छ ।

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन बुझ्दै अध्ययनपछि प्रक्रिया अघि बढ्ने प्रतिक्रिया दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नयाँ सरकार गठनसँगै पहिलो संसद् बैठक नयाँ भवनबाट नै गर्ने तयारी सरकारको छ। यसअघि नयाँ वानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संघीय संसद् भवन थियो। यही भदौ २३ को प्रदर्शन र २४ को आन्दोलनका क्रममा आगजनीपछि उक्त भवन पूर्णरूपमा क्षतिग्रस्त छ। २०७६ सालबाट नै सरकारले सिंहदरबारभित्र नयाँ संसद् भवन निर्माण गर्दैछ। तर, ३ वर्षमा ...
: आफ्नै बुवाको हत्या गरी फरार रहेका सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३८ वर्षीय देवेन्द्र कुलुङलाई ७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। कुलुङलाई मंगलबार इटहरी उपमहानगरपालिका–९ स्थित ट्याङ्ग्रा खोला नजिकबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषण बाबु राईका बताए। २०७५ साउन २९ गते कुलुङले आफ्नै बुवा हरि शंकर राईलाई कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका ...
: यस पटकपटकको निर्वाचनमा दाङ ठूलाको साख गुमेको छ भने अधिकांश उम्मेदवारको जमानत जफत भएको छ । फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको दाङमा नतिजा सार्वजनिक भएसँगै यस्तो देखिएको हो । यसले दाङको राजनीतिमा ठूलो उलटपुलट सिर्जना गरिदिएको छ। लामो समयदेखि राजनीतिमा प्रभावशाली मानिएका ठूला दलका प्रमुख पदाधिकारी,नेतादेखि पूर्वमन्त्री र पूर्वमुख्यमन्त्रीसम्मले यसपटक् कतिपयले ...
: डोटीमा माटोको ढिस्कोमा पुरिएर एक किशोरीको मृत्यु भएको छ । मंगलबार बिहान करिब ९:४८ बजेतिर जिल्लाको सायल गाउँपालिका-२ ग्वानी बस्ने शेर बहादुर सिंहको छोरी अन्दाजी १६ वर्षीया एलिना सिंहको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घर पोत्नका लागि सोहि ठाउँको गौशिलमा माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को झरेको थियो। ...
अछाममा समानुपातिकमा कांग्रेस पहिलो दल, रावलले जमानत जोगाउन सकेनन्