मुख्य समाचार
हमलामा पिता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि इरानले मुजतबा खामेनीलाई देशको नयाँ सर्वोच्च नेता चयन गरेको सरकारी सञ्चारमाध्यमले सोमबार बिहान घोषणा
हमलामा पिता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि इरानले मुजतबा खामेनीलाई देशको नयाँ सर्वोच्च नेता चयन गरेको सरकारी सञ्चारमाध्यमले सोमबार बिहान घोषणा

: फेब्रुअरी २८ मा अमेरिकी-इजरायली हमलामा पिता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि इरानले मुजतबा खामेनीलाई देशको नयाँ सर्वोच्च नेता चयन गरेको सरकारी सञ्चारमाध्यमले सोमबार बिहान घोषणा गरेका छन्।

उनलाई इरानको 'एसेम्ब्ली अफ एक्सपर्ट्स' (विज्ञहरूको सभा) ले चयन गरेको हो। ८८ सदस्यीय यो निकायमा निर्वाचित वरिष्ठ धर्मगुरुहरू हुन्छन्, जसको मुख्य जिम्मेवारी सर्वोच्च नेताको छनोट गर्नु हो। सन् १९७९ मा इस्लामिक गणतन्त्र स्थापना भएयता यो सभाले दोस्रो पटक मात्र नयाँ नेता चयन गरेको हो। यसअघि तीन दशकभन्दा पहिले आयतोल्लाह रुहोल्लाह खोमेनीको मृत्युपछि अली खामेनीलाई यसैगरी हतारमा चयन गरिएको थियो।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानको अर्को नेताको नियुक्तिमा आफ्नो 'संलग्नता हुनुपर्ने' बताउँदै खामेनीका छोराको चयन आफूलाई 'अस्वीकार्य' रहेको बताएका थिए।

को हुन् मुजतबा खामेनी?

५६ वर्षीय मुजतबा, अली खामेनीका माइला छोरा हुन्। उनी पर्दा पछाडिबाट निकै प्रभावशाली मानिन्छन् र इरानको सबैभन्दा शक्तिशाली सैन्य निकाय 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स' (IRGC) र 'बासिज' अर्धसैनिक बलसँग उनको बलियो सम्बन्ध छ।

मुजतबा उच्च तहका धर्मगुरु होइनन् र शासनसत्तामा उनको कुनै आधिकारिक पद पनि छैन। सन् २०१९ मा अमेरिकाले उनीमाथि प्रतिबन्ध लगाएको थियो। अमेरिकी अर्थ मन्त्रालयले उनलाई आफ्ना पिताका 'अस्थिर क्षेत्रीय महत्त्वाकांक्षा र दमनकारी आन्तरिक उद्देश्य' लाई अगाडि बढाउन IRGC-कुड्स फोर्स र बासिजका कमाण्डरहरूसँग मिलेर काम गरेको आरोप लगाएको थियो।

इजरायली स्रोतका अनुसार, गत हप्ता इजरायलले मुजतबालाई लक्षित गरी आक्रमण गरेको थियो। यद्यपि, उक्त आक्रमणमा उनी घाइते मात्र भएको इजरायलको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...