मुख्य समाचार
हमलामा पिता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि इरानले मुजतबा खामेनीलाई देशको नयाँ सर्वोच्च नेता चयन गरेको सरकारी सञ्चारमाध्यमले सोमबार बिहान घोषणा
हमलामा पिता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि इरानले मुजतबा खामेनीलाई देशको नयाँ सर्वोच्च नेता चयन गरेको सरकारी सञ्चारमाध्यमले सोमबार बिहान घोषणा

: फेब्रुअरी २८ मा अमेरिकी-इजरायली हमलामा पिता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि इरानले मुजतबा खामेनीलाई देशको नयाँ सर्वोच्च नेता चयन गरेको सरकारी सञ्चारमाध्यमले सोमबार बिहान घोषणा गरेका छन्।

उनलाई इरानको 'एसेम्ब्ली अफ एक्सपर्ट्स' (विज्ञहरूको सभा) ले चयन गरेको हो। ८८ सदस्यीय यो निकायमा निर्वाचित वरिष्ठ धर्मगुरुहरू हुन्छन्, जसको मुख्य जिम्मेवारी सर्वोच्च नेताको छनोट गर्नु हो। सन् १९७९ मा इस्लामिक गणतन्त्र स्थापना भएयता यो सभाले दोस्रो पटक मात्र नयाँ नेता चयन गरेको हो। यसअघि तीन दशकभन्दा पहिले आयतोल्लाह रुहोल्लाह खोमेनीको मृत्युपछि अली खामेनीलाई यसैगरी हतारमा चयन गरिएको थियो।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानको अर्को नेताको नियुक्तिमा आफ्नो 'संलग्नता हुनुपर्ने' बताउँदै खामेनीका छोराको चयन आफूलाई 'अस्वीकार्य' रहेको बताएका थिए।

को हुन् मुजतबा खामेनी?

५६ वर्षीय मुजतबा, अली खामेनीका माइला छोरा हुन्। उनी पर्दा पछाडिबाट निकै प्रभावशाली मानिन्छन् र इरानको सबैभन्दा शक्तिशाली सैन्य निकाय 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स' (IRGC) र 'बासिज' अर्धसैनिक बलसँग उनको बलियो सम्बन्ध छ।

मुजतबा उच्च तहका धर्मगुरु होइनन् र शासनसत्तामा उनको कुनै आधिकारिक पद पनि छैन। सन् २०१९ मा अमेरिकाले उनीमाथि प्रतिबन्ध लगाएको थियो। अमेरिकी अर्थ मन्त्रालयले उनलाई आफ्ना पिताका 'अस्थिर क्षेत्रीय महत्त्वाकांक्षा र दमनकारी आन्तरिक उद्देश्य' लाई अगाडि बढाउन IRGC-कुड्स फोर्स र बासिजका कमाण्डरहरूसँग मिलेर काम गरेको आरोप लगाएको थियो।

इजरायली स्रोतका अनुसार, गत हप्ता इजरायलले मुजतबालाई लक्षित गरी आक्रमण गरेको थियो। यद्यपि, उक्त आक्रमणमा उनी घाइते मात्र भएको इजरायलको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम