: रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले ५६ हजार ७७२ मत पाएको छ। यो कुल सदर मत संख्याको ६६ दशमलव ४८ प्रतिशत हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा कुल ८६ हजार ९ सय १३ मत खसेको थियो।
त्यसमध्ये कुल ८५ हजार ३ सय ९६ मत सदर भएका छन्। एमालेको पकड मानिने यस क्षेत्रमा यसपाली रास्वपा पहिलो पार्टी बनेको छ। जहाँबाट रास्वपाका सुलभ खरेल प्रत्यक्ष तर्फ निर्वाचित भइसकेका छन्।
दोस्रोमा एमालेले १० हजार ८ सय ९८ मत पाएको छ। नेपाली कांग्रेसले ८ हजार ४ सय ६७ मत पाएको छ। नेपाली कम्युनिस्ट पार्टीले १ हजार ६ सय ३ र राप्रपाले २ हजार ५ सय ४७ मत पाएको छ।