मुख्य समाचार
निर्वाचन परिणाम आउँदै गर्दा जनताको ठूलो पंक्ति उत्साहित
निर्वाचन परिणाम आउँदै गर्दा जनताको ठूलो पंक्ति उत्साहित

— निर्वाचन परिणाम आउँदै गर्दा जनताको ठूलो पंक्ति उत्साहित छन् । नवनिर्वाचित सांसद पनि संसद् बैठकमा सहभागी भएर आफ्ना एजेन्डा राख्ने हुटहुटीमा होलान् । निर्वाचन परिणामको उथलपुथलबाट नेपाली जनता आफ्नो आकांक्षा र सपना पूरा गर्नका लागि तीव्र गतिमा अघि बढ्न चाहिरहेको पुष्टि हुन्छ । यद्यपि, हाम्रा कार्यशैली र प्रणाली त्यसअनुरुपको छैन । त्यसलाई पुष्टि गर्ने सशक्त सन्दर्भ हो– नयाँ संसद् भवन निर्माणमा भइरहेको ढिलाइ ।

२०७९ को आमनिर्वाचनपछि गठन हुने संसद्को बैठकका लागि नै तयार गर्ने गरी नयाँ संसद् भवनको निर्माण प्रक्रिया अघि बढेको थियो । तीन वर्षपछिको अर्को नयाँ निर्वाचनबाट गठन हुने संसद्को बैठक बस्ने दिन नजिकिँदै गर्दा समेत भवन तयार हुने वा नहुने निश्चित छैन । तयार हुँदा पनि अपूर्ण हुने निश्चित जस्तै छ । त्यसैले आगामी सरकारले निर्माण प्रक्रियामा हुने ढिलासुस्ती अन्त्य गर्नका लागि प्रभावकारी र व्यवहारिक कानुन र प्रणाली निर्माणका लागि कसरत गर्न जरुरी छ ।

सिंहदरबार परिसरको १ सय ५६ रोपनी क्षेत्रफलमा नयाँ संसद् भवन निर्माण भइरहेको छ । नयाँ भवन पाँच तलासम्मका छन् । त्यहाँ प्रतिनिधिसभा, राष्ट्रिय सभा भवन, सेन्ट्रल लबी, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय र संग्रहालय तयार गरिँदै छ । यसका लागि १६ असोज २०७६ मा ठेक्का सम्झौता भएको थियो । ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँमा बनाइसक्ने गरी निर्माणको ठेक्का तुन्दी–सेक जेभीले लिएको हो ।

उक्त सम्झौताअनुसार, १६ असोज २०७९ भित्रै संसद् भवन निर्माण गरिसक्नुपर्ने थियो । तर, त्यसपछि पनि पााचाौ पटक म्याद थपिइसकेको छ । काम भने पूरा हुन सकेको छैन । पहिलो पटक ३० चैत २०७९, दोस्रो पटक १९ असोज २०८०, तेस्रो पटक १९ चैत २०८०, चौथो पटक १८ चैत २०८१ र पाँचौँ पटक १६ पुस २०८२ मा म्याद थपिएको थियो । तर पाँचौँ पटक थपिएको म्यादमा पनि काम नसकिने भएपछि पुनः थोरै अवधिका लागि थप्ने तयारी हुँदैछ ।

निर्वाचनको अन्तिम मतपरिणाम आएको मितिले ३० दिनभित्र अधिवेशन आह्वान गरी बैठक बस्नुपर्ने कानुनी प्रबन्ध छ । अघिल्लो पटक ४ मंसिर २०७९ मा प्रतिनिधि सभाको निर्वाचन भएपछि २९ मंसिरमा अन्तिम मत परिणाम राष्ट्रपतिकहाँ बुझाइएको थियो । त्यसपछि ७ पुसमा सांसदहरूले सपथ लिएका थिए, पुसमा प्रतिनिधि सभाको पहिलो बैठक बसेको थियो । मतदानको एक महिनापछि सपथ र ५० दिनपछि पहिलो बैठक बस्ने अघिल्लो अनुभवबाट देखिन्छ । यसपटक त्यति नै समय लाग्न पनि सक्छ, नलाग्न पनि ।

यद्यपि, सांसदको सपथका लागि अब एक महिनाभित्रमा भवन तयार हुनुपर्ने भने सामान्य ढंगले आकलन गर्न सकिन्छ । नयाँ भवन भएकाले त्यसमा संसद् सचिवालयका तर्फबाट गर्ने व्यवस्थापनका लागि पनि झन्डै दश दिन जति लाग्छ । त्यसैले कम मात्रै समय उपलब्ध छ । यसका लागि अतिरिक्त मेहनत आवश्यक छ । संसद् भवन तयार नभएरै अन्तिम नतिजा प्रकाशित गर्ने समयलाई पछि सार्नुपर्ने वा सपथको समय धकेल्नुपर्ने स्थिति आयो भने राज्यकै निरिहता झल्किन्छ ।

संसद् भवनको निर्माणका लागि सरोकारवाला मन्त्रालय सहरी विकास मन्त्रालयको पनि कमजोरी देखियो । आफू मातहतको निकायबाट भइरहेको काममा न्यून प्रगति देखिँदा पनि उसले कुनै ठोस कदम चालेन । सुस्त प्रगति हुादै गर्दा उसले निगरानी गर्नुपर्थ्यो । दबाब दिनुपर्थ्यो । कुनै कानुनी वा प्रक्रियागत समस्या भएमा फुकाइदिएर सहजीकरण गरिदिनुपर्थो । त्यस्तो हुन नसकेकैले नयाँ ऊर्जासहित आउँदै गरेका नयाँ सांसदहरूले सपथ लिने ठाउँ समेत पाउने वा नपाउने हो भन्ने अन्योल छ । किनकि, संघीय संसद् सचिवालय समेत खासै सकारात्मक र उत्साहित हुन सकेको छैन । तत्काल भवन तयार हुनेमा ढुक्न हुन पनि नसकिने र अन्यत्र सपथ वा बैठक राख्नका लागि सुरक्षा तथा व्यवस्थापनका दृष्टिले पनि कठिनाइलाई उसले अनुभूत गरेको छ ।

निर्माणाधीन संसद् भवनले एकातिर जनप्रतिनिधिमूलक सर्वोच्च संस्थाको गरिमाको विषयलाई कमजोर बनाउँछ । अर्कोतर्फ, कुनै पनि भवन वा आयोजना निर्माणका लागि हुने हेलचेक््रयाइँ, समय छँदा काम नगर्ने प्रवृत्ति र अन्तिममा हतारोमा काम सक्नुपर्ने दबाबमा गुणस्तरमा हुनसक्ने कमजोरी सबै पक्षमा सोच्न बाध्य बनाउँछ ।

सिंहदरबारभित्रको संसद् भवन निर्माणको गति र यसको प्राथमिकताकै यो अवस्था छ भने दुरदराजमा सञ्चालन भएका आयोजनको कुन स्थिति होला भनेर सहजै अनुमान गर्न सकिन्छ । त्यसैले भन्न सकिन्छ, संसद् भवन निर्माणमा निम्तिएको ढिलासुस्ती बेथितिको नमुना हो । जिम्मा लिने निकायले समयमै काम गरे पनि हुने, नगरे पनि हुने स्थितिको अन्त्य हुनुपर्छ । यसका लागि कहाँकहाँ कसरी सुधार गर्न सकिन्छ र गर्नुपर्ने हो, त्यसमा नयाँ सरकारले प्राथमिकता दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बागलुङलाई वामपन्थी शक्तिको गढ मानिन्थ्यो । बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चा (राजमो)का अध्यक्ष चित्र बहादुर केसी ब्राण्ड जस्तै बनेका थिए । तर पुराना मानक सबै यसपटकको निर्वाचन परिणामले भत्काइदिएको छ । बागलुङका दुवै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवार भारी मतान्तरसहित निर्वाचित हुँदा राजमोको जमानत जफत भएको छ । राजमो र नेपाल कम्युनिस्ट पार्टीले बागलुङका क्षेत्र नं. १ ...
। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मीमा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । गएराति अबेरसम्म सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार जिल्लाका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा छ । निर्वाचन कार्यालयका अनुसार गुल्मी–१ मा रास्वपाले ३० हजार ६५७ मत प्राप्त गरेको छ । नेकपा एमालेले १४ हजार १३०, नेपाली कांग्रेसले १२ हजार ७३१ ...
: फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम जारी छ। निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्म धनुषा १ बाहेक ६ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ। आयोगका अनुसार सुनसरी ४, नुवाकोट १, गोरखा १, इलाम १, संखुवासभा १ र अछाम २ को मतपरिणाम आउन बाँकी छ। हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२२ सिटसहित पहिलो ...
। मधेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहको जमानत जफत भएको छ । प्रदेश सांसद पदबाट राजीनामा दिएर सप्तरी क्षेत्र नं. २ मा स्वाभिमान पार्टीबाट चुनाव लडेका उनको जमानत जफत भएको हो । त्यहाँ रास्वपाका रामजी यादव २८ हजार ४०४ मत पाएर विजयी भएका छन् ।पूर्व मुख्यमन्त्री सिंहले ३ हजार ५५७ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका उमेश यादव ...
: यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनले झापा जिल्ला लाल किल्लाको गढ मात्र भत्काएन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँचै निर्वाचन क्षेत्रमा विजयी हासिल गरी निल किल्ला बनाउँदा यहाँका मतदाताहरुले ठूला राजनीतिक दलबाट उम्मेदवार बनेकाहरुको धरौटी रकम (जमानत) समेत जफत गराइदिएका छन्। जमानत जफत हुनेहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ...