मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचन : ६ क्षेत्रको मतपरिणाम आउन बाँकी, रास्वपा १२२ स्थानमा विजयी
प्रतिनिधिसभा निर्वाचन : ६ क्षेत्रको मतपरिणाम आउन बाँकी, रास्वपा १२२ स्थानमा विजयी

: फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम जारी छ। निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्म धनुषा १ बाहेक ६ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ।

आयोगका अनुसार सुनसरी ४, नुवाकोट १, गोरखा १, इलाम १, संखुवासभा १ र अछाम २ को मतपरिणाम आउन बाँकी छ।


हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२२ सिटसहित पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७, नेकपा एमालेले ७, नेपाल कम्युनिस्ट पार्टीले ७, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र स्वतन्त्रबाट १ जना विजयी भएका छन्।

धनुषा क्षेत्र नं १ को मतगणना भने हाललाई स्थगित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बागलुङलाई वामपन्थी शक्तिको गढ मानिन्थ्यो । बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चा (राजमो)का अध्यक्ष चित्र बहादुर केसी ब्राण्ड जस्तै बनेका थिए । तर पुराना मानक सबै यसपटकको निर्वाचन परिणामले भत्काइदिएको छ । बागलुङका दुवै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवार भारी मतान्तरसहित निर्वाचित हुँदा राजमोको जमानत जफत भएको छ । राजमो र नेपाल कम्युनिस्ट पार्टीले बागलुङका क्षेत्र नं. १ ...
। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मीमा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । गएराति अबेरसम्म सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार जिल्लाका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा छ । निर्वाचन कार्यालयका अनुसार गुल्मी–१ मा रास्वपाले ३० हजार ६५७ मत प्राप्त गरेको छ । नेकपा एमालेले १४ हजार १३०, नेपाली कांग्रेसले १२ हजार ७३१ ...
। मधेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहको जमानत जफत भएको छ । प्रदेश सांसद पदबाट राजीनामा दिएर सप्तरी क्षेत्र नं. २ मा स्वाभिमान पार्टीबाट चुनाव लडेका उनको जमानत जफत भएको हो । त्यहाँ रास्वपाका रामजी यादव २८ हजार ४०४ मत पाएर विजयी भएका छन् ।पूर्व मुख्यमन्त्री सिंहले ३ हजार ५५७ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका उमेश यादव ...
: यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनले झापा जिल्ला लाल किल्लाको गढ मात्र भत्काएन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँचै निर्वाचन क्षेत्रमा विजयी हासिल गरी निल किल्ला बनाउँदा यहाँका मतदाताहरुले ठूला राजनीतिक दलबाट उम्मेदवार बनेकाहरुको धरौटी रकम (जमानत) समेत जफत गराइदिएका छन्। जमानत जफत हुनेहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ...
— जुम्लामा समानुपातिक तर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पहिलो र नेकपा एमाले चौथो दल बनेको छ । सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले नेकपाले १० हजार २ सय २ मत प्राप्त गरेको छ । दोस्रोमा रहेकाे कांग्रेसले ९ हजार ३ सय ६० र तेस्रोमा राप्रपाले ६ ...