मुख्य समाचार
डडेलधुरामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल
डडेलधुरामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल

: डडेलधुरामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ। रास्वपाले अन्य दलहरूलाई पछ्याई प्रत्यक्षभन्दा केही बढी मत ल्याएको हो। २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फबाट सबैभन्दा बढी मत ल्याई विजयी हासिल गरेको रास्वपाले समानुपातिकतर्फ पनि पहिलो दल बनेको हो।


यसअघिका ७ वटा निर्वाचन जितेको नेपाली कांग्रेस अहिले भने अपराजित यात्रा भोग्नु परेको छ। प्रत्यक्ष निर्वाचनमा हार व्यहोरेको कांग्रेसले समानुपातिक मत पनि दोस्रो नै रहेको छ। यस अघिका सात वटै निर्वाचनमा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उम्मेदवार रहेका थिए। तर यस पटक भने देउवा मतदान गर्न पनि डडेलधुरा नआउँदा हार व्यहोर्नु परेको कांग्रेसका शुभचिन्तकको भनाइ छ।


मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार रास्वपाले १२ हजार २६८ मत प्राप्त गर्दै जिल्लामा सबैभन्दा बढी मत प्राप्त गरेको छ। समानुपातिकतर्फ नेपाली कांग्रेसले ११ हजार ८ सय ५१ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीले ५ हजार ७ सय ७२, नेकपा (एमाले)ले ३ हजार २ सय ७५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ३९२ मत प्राप्त गरेको जनाएको छ।



मुख्य निर्वाचन अधिकृत अरुण कुमार कोइरालाका अनुसार जिल्लामा समानुपातिकतर्फ कुल ४६ हजार २११ मत खसेको थियो। त्यसमध्ये ४४ हजार १८६ मत सदर भएका थिए भने २ हजार २५ मत बदर भएका छन्। यसअघि प्रत्यक्षतर्फ पनि डडेलधुराबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका थिए। उनले १९ हजार १३१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका थिए। जोशीसँग महर ७ हजार १० मतान्तरले पराजित भएका थिए।

यसैगरी नेकपा एमालेका उम्मेदवार चक्र स्नेहीले दुई हजार ३१६ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मानसिंह मालले ६ हजार ४३८ मत प्राप्त गरेका थिए। मुख्य निर्वाचन अधिकृत अरुण कुमार कोइरालाका अनुसार डडेलधुरामा प्रत्यक्षतर्फ जम्मा ४५ हजार ९०९ मत खसेको थियो।

डडेलधुरामा १० उम्मेदवारको जमानत जफत

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत डडेलधुरामा नेकपा (एमाले)का उम्मेदवार सहित १० जनाको धरौटी रकम जफत भएको छ। एमालेका उम्मेदवार चक्रप्रसाद स्नेहीसहित १० जना उम्मेदवारको जमानत जफत भएको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ।

डडेलधुरामा कुल ४३ हजार ६७ मत सदर भएकाले जमानत जोगाउन उम्मेदवारले कम्तीमा ४ हजार ३ सय ७ मत ल्याउनुपर्ने हुन्छ। तर एमालेका स्नेहीले भने २ हजार ९२६ मत मात्रै प्राप्त गरेपछि उनको जमानत जफत भएको हो।

जमानत जफत हुने अन्य उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गोविन्द खडायत, आम जनता पार्टीका खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाका चन्द्रदेव विक, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज भट्ट, जयमातृभूमि पार्टीका लक्ष्मीदत्त भट्ट र श्रम संस्कृति पार्टीका महेन्द्र पुनमगर रहेका छन्। भने यस्तै स्वतन्त्र उम्मेदवार गोरखबहादुर ऐर, सुरेन्द्र रावल र तीर्थराज उप्रेतीको पनि जमानत जफत भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च ...
। राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरुले आवश्यक ऐन, कानून, नीति निर्माणका साथै राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका हुन् । राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले संविधानले दिएको जिम्मेवारी ...
। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचन मार्फत जनताले एमालेको नीति र नेतृत्व अस्वीकृत गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नीति र नेतृत्व पुनर्गठनको बहसमा सहभागी हुन आमसाधरणसँग अपिल समेत गरेका छन् । ‘निर्वाचनमा आफ्नो मत मार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृत गरेका छन् । यो आजको वस्तुगत यथार्थ हो,’ भट्टराईले ...
। मधेश प्रदेशमा १ क्षेत्रबाहेक ३० सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार निर्वाचित भइसकेका छन् । मधेशको ३२ सिट मध्ये रौतहट क्षेत्र नं. २ बाहेक ३० क्षेत्रमा रास्वपाले चुनाव जितेको हो । रौतहट २ मा नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन् । ३२ मध्ये ३१ सिटको नतिजा घोषणा हुँदा रास्वपा ३० वटामा विजयी बन्यो । ...
। हुम्लामा ७ उम्मेदवारमध्ये ४ जनाको जमानत जफत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की उम्मेदवार टासी ल्हाजोम, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जटिल कार्कीे नेकपा माओवादीका कुम्भ बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का छक्क बुढाको जमानत जफत भएको हो । यहाँ ३४ हजार ३७२ मतमध्ये २२ हजार गरि ३२८ मत खसेको थियो । प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार जमानत ...