मुख्य समाचार
बैतडीमा ७ जना उम्मेदवारको जमानत जफत
बैतडीमा ७ जना उम्मेदवारको जमानत जफत

: प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा ७ जना उम्मेदवारको जमानत जफत भएको छ। खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका सात जना उम्मेदवारको जमानत जफत भएको हो। एक स्वतन्त्रसहित ७ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले बताए।


राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेनबहादुर चन्दले दुई हजार ६८१ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का रामबहादुर कुँवरले २९९ मत, जनता समाजवादी पार्टी, नेपालका आनसिंह भण्डारी र नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालाले समान ९४/९४ मत, आम जनता पार्टीका बिसनसिंह बोहराले ८२ मत, श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेयले ७८ मत र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तले १८ मत प्राप्त गरेका थिए।


फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा यहाँ ७२ हजार ८४३ मतदाताले मतदान गरेका थिए। तीमध्ये ६७ हजार ७३० मत सदर खसेको सूचना अधिकारी दयालले बताए। खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्थाअनुसार उनीहरुको जमानत जफत गरिएको उनले जानकारी दिए।

आइतबार सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारीले २२ हजार १३४ मतसहित विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत र नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याएका थिए। यस्तै नेपाली कम्युनिस्ट पार्टीका परमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि उनकै घरमा हातपात भएको छ । आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन् । प्रहरीका अनुसार गौरादह-५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् । हातपात गरेको आरोपमा प्रहरीले सिटौलालाई पक्राउ गरेको छ । मेयर सुवेदीको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च ...
। राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरुले आवश्यक ऐन, कानून, नीति निर्माणका साथै राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका हुन् । राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले संविधानले दिएको जिम्मेवारी ...
। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचन मार्फत जनताले एमालेको नीति र नेतृत्व अस्वीकृत गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नीति र नेतृत्व पुनर्गठनको बहसमा सहभागी हुन आमसाधरणसँग अपिल समेत गरेका छन् । ‘निर्वाचनमा आफ्नो मत मार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृत गरेका छन् । यो आजको वस्तुगत यथार्थ हो,’ भट्टराईले ...
। मधेश प्रदेशमा १ क्षेत्रबाहेक ३० सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार निर्वाचित भइसकेका छन् । मधेशको ३२ सिट मध्ये रौतहट क्षेत्र नं. २ बाहेक ३० क्षेत्रमा रास्वपाले चुनाव जितेको हो । रौतहट २ मा नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन् । ३२ मध्ये ३१ सिटको नतिजा घोषणा हुँदा रास्वपा ३० वटामा विजयी बन्यो । ...