मुख्य समाचार
ब्राउन सुगरसहित प्रहरीले भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित प्रहरीले भारतीय नागरिक पक्राउ

: कृष्णनगर नगरपालिका-३ झण्डिनगरबाट अवैध लागूऔषध ब्राउन सुगरसहित प्रहरीले भारतीय नागरिक पक्राउ परेका छन्।


भारत उत्तर प्रदेश सिद्वार्थनगर बरहनी घर भएका २३ वर्षीय मोहसिन हाशमीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका उनको साथबाट प्रहरीले ९ सय ३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।


साथै थप अनुसन्धानमा क्रममा प्रहरीले कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट भारत सिद्धार्थनगर वढनी बस्ने २३ वर्षीय दीपेन्द्र कश्यपलाई अवैध लागूऔषध ब्राउन सुगरसहित आइतबार दिउँसो पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत ११ माघमा भएको निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय सभा सदस्यहरूका शपथ ग्रहण भएको छ । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा भएको शपथमा रामकुमारी झाक्री १५ मिनेट ढिलो पुगेकी थिइन् । २ बजेबाट शपथ समारोह सुरु भएकोमा झाक्री २:१५ मा हल प्रवेश गरेकी थिइन् । त्यतिबेला अन्य सदस्यको सपथ सकिएको थियो । १५ मिनेट ढिलो ...
। बैतडीमा पाँच हजारबढी मत बदर भएको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका यहाँ पाँच हजार ११३ मत बदर भएको हो । आइबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार ७२ हजार ८४३ मत खसेकोमा पाँच हजार ११३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । ६७ हजार ७३० मत सदर ...
। झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि उनकै घरमा हातपात भएको छ । आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन् । प्रहरीका अनुसार गौरादह-५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् । हातपात गरेको आरोपमा प्रहरीले सिटौलालाई पक्राउ गरेको छ । मेयर सुवेदीको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च ...
। राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरुले आवश्यक ऐन, कानून, नीति निर्माणका साथै राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका हुन् । राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले संविधानले दिएको जिम्मेवारी ...