मुख्य समाचार
पपस्टार रिहानाको बेभर्ली हिल्सस्थित घरमा गोली प्रहार
पपस्टार रिहानाको बेभर्ली हिल्सस्थित घरमा गोली प्रहार

। पपस्टार रिहानाको बेभर्ली हिल्सस्थित घरमा गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

लस एन्जलस प्रहरी विभागका अधिकारीहरू आइतबार स्थानीय समय अनुसार दिउँसो १ः१५ बजे गोली चलेको खबर पाएपछि घटनास्थल पुगेका थिए । प्रहरीले एक संदिग्ध व्यक्तिलाई फेला पारेर नियन्त्रणमा लिएको जनाएको छ ।

एक प्रहरी अधिकारीले बीबीसीका अमेरिकी साझेदार सिबिएस न्यूजलाई दिएको जानकारी अनुसार निशाना बनाइएको घर रिहानाकै रहेको पुष्टि भएको छ । घटनास्थलबाट आक्रमणकारी राइफलका गोलीका खोका पनि बरामद गरिएको बताइएको छ ।

यस घटनामा कोही पनि घाइते भएका छैनन् । लस एन्जलस टाइम्सका अनुसार गोली चल्दा रिहाना भने घरभित्रै रहेको कानुन कार्यान्वयन निकायका एक स्रोतले बताएका छन् । प्रहरीका अनुसार ३० वर्ष आसपासकी एक महिलाले कार रोकेर घर बाहिरबाट सात राउन्ड गोली प्रहार गरेकी थिइन् र त्यसपछि तीव्र गतिमा त्यहाँबाट भागेकी थिइन् ।

उनको गाडी गायिकाको घरबाट करिब आठ माइल (१२ किलोमिटर) टाढा फेला परेको थियो, जहाँबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनको पहिचान भने अझै सार्वजनिक गरिएको छैन ।

गत सेप्टेम्बरमा रिहानाले आफ्ना पार्टनर एसेप रकीसँग तेस्रो सन्तानका रूपमा एक छोरीलाई जन्म दिएकी थिइन् । रिहाना र रकीका यसअघि रियट र आरजेडए नामका दुई छोरा छन् । गत वर्षको मेट गालामा रिहानाले आफ्नो गर्भावस्थाको घोषणा गरेकी थिइन् ।

सन् २०२५ को फेब्रुअरीमा एसेप रकीमाथि पूर्व साथीमाथि गोली चलाएको आरोपमा चलेको मुद्दामा अदालतले उनलाई निर्दोष ठहर गरेको थियो । उक्त सुनुवाइका क्रममा रिहाना आफ्ना दुई छोरालाई समेत अदालतमा लिएर पुगेकी थिइन् ।

बार्बाडोसमा जन्मिएकी रिहानाको वास्तविक नाम रोबिन फेन्टी हो । उनले सन् २००० को दशकको सुरुवातमा ‘पोन डे रिप्ले’ र ‘अम्ब्रेला’ जस्ता गीतमार्फत अन्तर्राष्ट्रिय ख्याति कमाएकी थिइन् । हालै उनले आफ्नो पहिलो एल्बम सार्वजनिक भएको २० वर्षको वर्षगाँठ पनि मनाएकी छन् ।

यसबीच रिहानाले संगीतसँगै विभिन्न व्यवसाय पनि सुरु गरेकी छन् । उनले लोकप्रिय मेकअप ब्रान्ड ‘फेन्टी ब्यूटी’ तथा अन्तर्वस्त्र कम्पनी समेत सञ्चालन गर्दै आएकी छन् । फोर्ब्सका अनुसार ३७ वर्षीया रिहानाको कुल सम्पत्ति एक अर्ब डलरभन्दा बढी रहेको अनुमान गरिएको छ । यस घटनाबारे प्रतिक्रिया लिन बीबीसीले रिहानाका प्रतिनिधिसँग सम्पर्क गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम