मुख्य समाचार
इन्डोनेसियामा फोहोर डम्पिङ स्थलमा पहिरो, ४ जनाको मृत्यु
इन्डोनेसियामा फोहोर डम्पिङ स्थलमा पहिरो, ४ जनाको मृत्यु

इन्डोनेसियाको राजधानी जकार्तानजिकै रहेको देशकै सबैभन्दा ठूलो फोहोर डम्पिङ स्थलमा पहिरो जाँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन् ।

उद्धारकर्मीहरूले सोमबार जानकारी दिँदै बेपत्ता व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको बताएका छन् ।

राष्ट्रिय खोज तथा उद्धार एजेन्सीका अनुसार आइतबार दिउँसो करिब २ः३० बजे जकार्ताबाट करिब २५ किलोमिटर टाढा रहेको बान्तारगेबाङ फोहोर डम्पिङ क्षेत्रमा पहिरो गएको हो । पहिरोले त्यहाँ रहेका ट्रक र सडकछेउका खाद्य पसलहरू पुरिएका छन् ।

उद्धार टोलीले अवरुद्ध क्षेत्र खोल्न भारी उपकरण प्रयोग गरिरहेको छ भने सम्भावित पीडितहरूको खोजीका लागि तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार लगातार परेको भारी वर्षापछि डम्पिङ स्थलमा पहिरो गएको हो ।

जकार्ता र आसपासका सहरहरू मिलेर बनेको जाबोडेटाबेक क्षेत्रमा करिब चार करोड २० लाख मानिस बसोबास गर्छन् र यस क्षेत्रबाट दैनिक करिब १४ हजार टन फोहोर उत्पादन हुने अनुमान गरिएको छ । करिब ११० हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको बान्तारगेबाङ डम्पिङ स्थलमा झण्डै पाँच करोड ५० लाख टन फोहोर थुप्रिएको बताइएको छ ।

पर्यावरणमन्त्री हनिफ फैसोल नुरोफिकले खुला फोहोर डम्पिङ स्थलमा फोहोर थुपार्न प्रतिबन्ध लगाइएको कानुन हुँदाहुँदै पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको भन्दै स्थानीय प्रशासनलाई जिम्मेवार ठहर गरेका छन् । उनले यस घटनालाई गम्भीर चेतावनीका रूपमा लिनुपर्ने र जकार्तामा फोहोर व्यवस्थापन प्रणाली सुधार गर्नुपर्ने बताए ।

राष्ट्रपति प्राबोवो सुबियान्तोले पनि इन्डोनेसियाका अधिकांश फोहोर डम्पिङ स्थल सन् २०२८ सम्ममा आफ्नो क्षमता नाघ्ने अवस्थामा पुग्ने चेतावनी दिए ।

सरकारले आगामी दुई वर्षभित्र फोहोरबाट ऊर्जा उत्पादन गर्ने ३४ वटा परियोजना निर्माण गर्न करिब तीन अर्ब ५० करोड डलर लगानी गर्ने योजना अघि सारेको छ ।

यसअघि सन् २००५ मा पश्चिम जाभामा फोहोर डम्पिङ स्थलमा भएको पहिरोमा मिथेन ग्यास विस्फोट र भारी वर्षाका कारण १४३ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम