। गत ११ माघमा भएको निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय सभा सदस्यहरूका शपथ ग्रहण भएको छ ।
सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा भएको शपथमा रामकुमारी झाक्री १५ मिनेट ढिलो पुगेकी थिइन् ।
२ बजेबाट शपथ समारोह सुरु भएकोमा झाक्री २:१५ मा हल प्रवेश गरेकी थिइन् । त्यतिबेला अन्य सदस्यको सपथ सकिएको थियो ।
१५ मिनेट ढिलो पुगिकी रामकुमारीले पछि एक्लै शपथ ग्रहण गरिन् । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले निर्वाचित सांसदहरूलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् ।