मुख्य समाचार
अभावको मौका छोपेर लहानका ग्यास बेच्ने पसलेहरूले कालोबजारी गर्न थाले
अभावको मौका छोपेर लहानका ग्यास बेच्ने पसलेहरूले कालोबजारी गर्न थाले

। मधेश प्रदेशका जिल्लाहरूमा खाना पकाउने ग्यासको अभाव बढेको छ । अभावलाई देखाउँदै विक्रेताहरूले सिरहामा कालोबजारी गर्न थालेका छन् ।

‘अभावको मौका छोपेर लहानका ग्यास बेच्ने पसलेहरूले कालोबजारी गर्न थाले,’ लहानस्थित महराजा रेस्टुरेन्ट एन्ड होटेलका सञ्चालक पिन्टु राउतले भने, ‘दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर ४ हजार ५०० रुपैयाँ मागियो ।’

एकाएक त्यति चर्को मूल्य सुनेपछि आफू चकित भएर फर्किएको उनले बताए । ‘दुई सिलिन्डरको तीन हजार ८२० पर्नुपर्ने हो । ९ हजार भनेपछि कसरी पैसा तिर्नु ! रित्तै हात फर्किएँ,’ उनले भने ।

गोलबजार नगरपालिका–८ मा चिया–नास्ताको पसल चलाउँदै आएका व्रह्मदेव यादलले निर्धारित मूल्यमा सिलिन्डर नपाउँदा व्यवसाय चलाउनै समस्या भइरहेको बताए । उनले भने, ‘सिलिन्डर किन्दा ४ हजार ५०० तिर्नुपर्छ । त्यति महँगोमा किनेर कसरी खर्च धान्नु । अब त खाना पनि खान नसकिने अवस्था आउने चिन्ता बढ्यो ।’

सिरहामा खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार ९१० रुपैयाँमा खुद्रमा मूल्य छ । तर त्यसको दोब्बरभन्दा बढी मूल्यमा कालोबजारी भइरहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले कालोबजारी गर्नु कानुनविपरीत काम रहेको बताए । ‘कालोबजारी गरे कानुनबमोजिम सजाय हुन्छ । हामी वाणिज्य कार्यालयसँग समन्वय गरेर अनुगमन गर्छौँ,’ उनले भने, ‘कालोबजारी पाइएको खण्डमा कारबाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत ११ माघमा भएको निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय सभा सदस्यहरूका शपथ ग्रहण भएको छ । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा भएको शपथमा रामकुमारी झाक्री १५ मिनेट ढिलो पुगेकी थिइन् । २ बजेबाट शपथ समारोह सुरु भएकोमा झाक्री २:१५ मा हल प्रवेश गरेकी थिइन् । त्यतिबेला अन्य सदस्यको सपथ सकिएको थियो । १५ मिनेट ढिलो ...
। बैतडीमा पाँच हजारबढी मत बदर भएको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका यहाँ पाँच हजार ११३ मत बदर भएको हो । आइबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार ७२ हजार ८४३ मत खसेकोमा पाँच हजार ११३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । ६७ हजार ७३० मत सदर ...
। झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि उनकै घरमा हातपात भएको छ । आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन् । प्रहरीका अनुसार गौरादह-५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् । हातपात गरेको आरोपमा प्रहरीले सिटौलालाई पक्राउ गरेको छ । मेयर सुवेदीको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च ...
। राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरुले आवश्यक ऐन, कानून, नीति निर्माणका साथै राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका हुन् । राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले संविधानले दिएको जिम्मेवारी ...