— जिल्लाका दुवै निर्वाचन क्षेत्रको समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलका अनुसार दुई निर्वाचन क्षेत्रका छुट्टाछुट्टै मत परिणाम सार्वजनिक भएको हो ।
जसअनुसार कुल मतदाता २ लाख २९ हजार ७ सय ७७ रहेकामा जम्मा १ लाख १९ हजार ६ सय २५ मत खसेको थियो । जसमा १ लाख १६ हजार ५ सय ४७ मत सदर हुँदा ३ हजार ७८ बदर भएको थियो ।
अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को घन्टी चुनाव चिन्हमा ५१ हजार ८ सय ४८ मत, नेकपा एमालेको सूर्य चिन्हमा २८ हजार ४ सय ४५ मत, नेपाली कांग्रेसको रुख चिन्हमा २५ हजार २ सय ९१ मत, नेपाली कम्युनिस्ट पार्टीको तारा चिन्हमा ५ हजार ७ सय ८५ मत, राष्ट्रिय जनमोर्चाको गिलास चिन्हमा १ हजार २ सय ८७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो चिन्हमा १ हजार ८५ मत र श्रम संस्कृति पार्टीको माटो चिन्हमा ९ सय ३४ मत आएको छ । अन्य केही मत साना दलहरूलाई परेको छ ।
यसरी हेर्दा गुल्मीमा रास्वपा पहिलो, एमाले दोस्रो र कांग्रेस तेस्रो बनेका छन् । रास्वपाले एकैपटक छलाङ मारेर अगाडि बढ्दा एमाले, कांग्रेस र नेकपा खुम्चिएका छन् । परम्परागत गढ र मत भनिने क्षेत्रमा जनताले मत परिवर्तन गर्दा अंकगणितमा उथलपुथल आएको छ ।