: पर्साको सखुवा प्रसौनी गाँउपालिका-५ महुवनस्थित गण्डक नहर नजिक सोमबार राति जन्ती जाँदै गरेको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा कारमा सवार एक जना गम्भीर घाइते भएका छन्।
बहुदरमाई नगरपालिका-८ रामनगरीका साहेब सहनीको घरबाट सखुवा प्रसौनी गाँउपालिकाको एकडरवा गाँउमा जन्ती जाँदै गरेको बीआर ०६४५ नम्बरको कार अनियन्त्रित भई राति ९:१५ बजेतिर गण्डक नहर छेउको पिपलको रुखमा ठोक्किएर दुर्घटनामा परेको हो।f
दुर्घटनामा चालक र अर्का एक व्यक्ति गम्भीर घाइते भएकोमा बाराको नौतनस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा चाकलकको राती १०:१५ बजे मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। मृतक चालकको नाम र ठेगाना खुल्न नसकेको उनले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका अर्का व्याक्तिको एलएस न्युरो अस्पतालमै उपचार भइरहेको उनले जानकारी दिए।