मुख्य समाचार
पूर्वसंघीय मन्त्री एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसहित दाङमा ५१ जनाको धरौटी जफत
पूर्वसंघीय मन्त्री एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसहित दाङमा ५१ जनाको धरौटी जफत

— पूर्वसंघीय मन्त्री एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसहित दाङमा ५१ जनाको धरौटी जफत भएको छ । जिल्लामा तीन निर्वाचन क्षेत्रमा ६० उम्मेदवार रहेकामा ९ जनाको मात्र १० प्रतिशतभन्दा बढी मत कटेको छ । अन्य ५१ जनाको धरौटी जफत भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।

क्षेत्र नं १ मा १४ जनामध्ये दुई जनाले मात्रै १० प्रतिशत मत कटाएका छन् । विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठक र कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले मात्रै जमानत बचाएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका पूर्वसहरी विकास मन्त्री मेटमणी चौधरी र स्वतन्त्र उम्मेदवारी दिएका लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीको समेत धरौटी जफत भएको छ । चौधरी यही क्षेत्रबाट २०७४ र २०७९ मा समेत सांसद् निर्वाचित भएका थिए । एमाले उम्मेदवार रेवतीरमण शर्माको पनि धरौटी जफत भएको छ ।

क्षेत्र नं २ मा २३ जनामध्ये तीन जनाले मात्रै १० प्रतिशत मत कटाएका छन् । विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका विपिनकुमार आचार्य, एमाले महासचिव शंकर पोख्रेल र कांग्रेस उम्मेदवार किरणकिशोर घिमिरेले मात्रै जमानत बचाएका छन् । नेकपाका उम्मेदवार निर्मल आचार्यसहित अन्य उम्मेदवारको धरौटी जफत भएको छ ।

क्षेत्र नं ३ मा २३ जनामध्ये चार जनाले १० प्रतिशत मत कटाएका छन् । निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी, कांग्रेसका दीपक गिरी, एमालेका घनश्याम पाण्ड र नेकपाका धनबहादुर मास्कीले मात्रै धरौटी बचाएको निमित्त प्रदेश निर्वाचन अधिकारी लालसिंह खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौंमा १० दिनदेखि रोकिएको कतार एयरवेजको बोइङ ड्रिमलाइनर विमान आज राति १० बजे लण्डन उड्ने भएको छ । उडान सुरक्षासम्बन्धी क्षेत्रीय तनावका कारण नेपालमा रोकिएको उक्त विमान गैरनियमित (नन्–सेड्युल्ड) चार्टर उडान अनुमतिमार्फत लण्डनको हिथ्रो विमानस्थलसम्म पुग्नेछ । संयुक्त राज्य अमेरिका र इजरायलले १६ फागुनमा इरानमा संयुक्त सैन्य हमला गरेपछि खाडी क्षेत्रका ९ मुलुकमा हवाइ सुरक्षा ...
— सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्वाचन सुरक्षालाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउनु अग्निपरीक्षा रहे पनि सफलतापूर्वक जिम्मेवारी पूरा गरी उत्तिर्ण भएको बताएका छन् । निर्वाचन सुरक्षा तथा व्यवस्थापनमा खटिएका उच्च पदस्थ अधिकारीहरूलाई सोमबार सशस्त्र प्रहरी मुख्यालयमा सम्बोधन गर्दै महानिरीक्षक अर्यालले भयरहित वातावरणमा निर्वाचन सुरक्षा व्यवस्थापन गरेर उत्कृष्ट जिम्मेवारी निर्वाह गरेकामा आभार व्यक्त गरे ...
— बाग्मती प्रदेश सभा सदस्य पद त्यागेर प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका ५ जनामध्ये २ जना मात्रै निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गएका सुनिल केसी र युवराज दुलाल विजयी भएका हुन् । प्रदेशसभा सदस्य त्यागेर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका अमनकुमार मास्के, प्रकाश श्रेष्ठ र बसन्तप्रसाद मानन्धर पराजित भएका हुन् । सुनिल केसीले काठमाडौं–२ बाट ...
— जिल्ला अदालतबाट लागु औषध मुद्दामा सजायको फैसला भएपछि फरार रहेका बर्दिया मधुवन नगरपालिका–९ का ३२ वर्षीय ईश्वर परियारलाई प्रहरीले पक्राउ गरेको छ । अदालतले ४ कार्तिक ०८१ म दोषी ठहर गर्दै जेल र क्षतिपुर्तिको आदेश दिएको थियो । अदालतले ९ महिना २४ दिन कैद सजाय, ५० हजार क्षतिपुर्ति र १ हजार ८ सय रुपैयाा ...
— संखुवासभा क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्की १५ हजार ६ सय ३६ मत ल्याई निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी रास्वपाका उम्मेदवार मिङ्मा शेर्पालाई ६ सय ३६ मतान्तरले पराजित गरेका हुन् । पराजित शेर्पाले १५ हजार मत ल्याएका छन् । त्यसैगरी नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेका ...