— जिल्ला अदालतबाट लागु औषध मुद्दामा सजायको फैसला भएपछि फरार रहेका बर्दिया मधुवन नगरपालिका–९ का ३२ वर्षीय ईश्वर परियारलाई प्रहरीले पक्राउ गरेको छ । अदालतले ४ कार्तिक ०८१ म दोषी ठहर गर्दै जेल र क्षतिपुर्तिको आदेश दिएको थियो ।
अदालतले ९ महिना २४ दिन कैद सजाय, ५० हजार क्षतिपुर्ति र १ हजार ८ सय रुपैयाा पीडित राहत कोषमा जम्मा हुने फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डिएसपी प्रमेश विष्टले परियारलाई घरबाटै पक्राउ गरेको बताए । लागु औषध मुद्दामा सजाय पाएका परियारलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा बुझाइएको उनले बताए ।