मुख्य समाचार
प्रदेश सभामा छाडेर प्रतिनिधसभामा उम्मेदवार बनेका ५ मध्ये २ विजयी
प्रदेश सभामा छाडेर प्रतिनिधसभामा उम्मेदवार बनेका ५ मध्ये २ विजयी

— बाग्मती प्रदेश सभा सदस्य पद त्यागेर प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका ५ जनामध्ये २ जना मात्रै निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गएका सुनिल केसी र युवराज दुलाल विजयी भएका हुन् ।

प्रदेशसभा सदस्य त्यागेर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका अमनकुमार मास्के, प्रकाश श्रेष्ठ र बसन्तप्रसाद मानन्धर पराजित भएका हुन् ।

सुनिल केसीले काठमाडौं–२ बाट उम्मेदवारी दिएका थिए । उनी २०७९ मा राप्रपाबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका थिए । यसैगरी, युवराज दुलाल सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । दुलालले नेकपाबाट उम्मेदवारी दिएका थिए ।

एमालेबाट मास्कले काठमाडौं–६ मा उम्मेदवारी दिएका थिए । नेकपाका बसन्तप्रसाद मानन्धर र एमालेका प्रकाश श्रेष्ठले काठमाडौं–७ मा उम्मेदवारी दिएका थिए । प्रदेशसभाबाट राजीनामा दिए पनि कांग्रेसका कुन्दनराज काफ्लेले भने टिकट नै पाएनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौंमा १० दिनदेखि रोकिएको कतार एयरवेजको बोइङ ड्रिमलाइनर विमान आज राति १० बजे लण्डन उड्ने भएको छ । उडान सुरक्षासम्बन्धी क्षेत्रीय तनावका कारण नेपालमा रोकिएको उक्त विमान गैरनियमित (नन्–सेड्युल्ड) चार्टर उडान अनुमतिमार्फत लण्डनको हिथ्रो विमानस्थलसम्म पुग्नेछ । संयुक्त राज्य अमेरिका र इजरायलले १६ फागुनमा इरानमा संयुक्त सैन्य हमला गरेपछि खाडी क्षेत्रका ९ मुलुकमा हवाइ सुरक्षा ...
— सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्वाचन सुरक्षालाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउनु अग्निपरीक्षा रहे पनि सफलतापूर्वक जिम्मेवारी पूरा गरी उत्तिर्ण भएको बताएका छन् । निर्वाचन सुरक्षा तथा व्यवस्थापनमा खटिएका उच्च पदस्थ अधिकारीहरूलाई सोमबार सशस्त्र प्रहरी मुख्यालयमा सम्बोधन गर्दै महानिरीक्षक अर्यालले भयरहित वातावरणमा निर्वाचन सुरक्षा व्यवस्थापन गरेर उत्कृष्ट जिम्मेवारी निर्वाह गरेकामा आभार व्यक्त गरे ...
— जिल्ला अदालतबाट लागु औषध मुद्दामा सजायको फैसला भएपछि फरार रहेका बर्दिया मधुवन नगरपालिका–९ का ३२ वर्षीय ईश्वर परियारलाई प्रहरीले पक्राउ गरेको छ । अदालतले ४ कार्तिक ०८१ म दोषी ठहर गर्दै जेल र क्षतिपुर्तिको आदेश दिएको थियो । अदालतले ९ महिना २४ दिन कैद सजाय, ५० हजार क्षतिपुर्ति र १ हजार ८ सय रुपैयाा ...
— पूर्वसंघीय मन्त्री एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसहित दाङमा ५१ जनाको धरौटी जफत भएको छ । जिल्लामा तीन निर्वाचन क्षेत्रमा ६० उम्मेदवार रहेकामा ९ जनाको मात्र १० प्रतिशतभन्दा बढी मत कटेको छ । अन्य ५१ जनाको धरौटी जफत भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । क्षेत्र नं १ मा १४ जनामध्ये दुई जनाले मात्रै ...
— संखुवासभा क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्की १५ हजार ६ सय ३६ मत ल्याई निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी रास्वपाका उम्मेदवार मिङ्मा शेर्पालाई ६ सय ३६ मतान्तरले पराजित गरेका हुन् । पराजित शेर्पाले १५ हजार मत ल्याएका छन् । त्यसैगरी नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेका ...