मुख्य समाचार
निर्वाचन सुरक्षा अग्निपरीक्षा थियो, सफल भयौं : महानिरीक्षक अर्याल
निर्वाचन सुरक्षा अग्निपरीक्षा थियो, सफल भयौं : महानिरीक्षक अर्याल

— सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्वाचन सुरक्षालाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउनु अग्निपरीक्षा रहे पनि सफलतापूर्वक जिम्मेवारी पूरा गरी उत्तिर्ण भएको बताएका छन् । निर्वाचन सुरक्षा तथा व्यवस्थापनमा खटिएका उच्च पदस्थ अधिकारीहरूलाई सोमबार सशस्त्र प्रहरी मुख्यालयमा सम्बोधन गर्दै महानिरीक्षक अर्यालले भयरहित वातावरणमा निर्वाचन सुरक्षा व्यवस्थापन गरेर उत्कृष्ट जिम्मेवारी निर्वाह गरेकामा आभार व्यक्त गरे ।

मुख्यालयमा उपस्थित विभाग प्रमुख, निर्वाचन सुरक्षा अनुगमनमा खटिएका वरिष्ठ उपरीक्षक तथा उपरीक्षक र भर्चुअल माध्यमबाट सबै प्रदेशका बाहिनीपति, देशभरका कार्यालय प्रमुख तथा सबै तहका कर्मचारीहरुलाई महानिरीक्षक अर्यालले चुनौतीको सामना गरेर निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गरेकामा धन्यवाद दिए ।

निर्वाचन सुरक्षित रुपमा सम्पन्न हुनुका पछाडि फौजहरूले निर्वाचन सुरक्षा व्यवस्थापनमा देखाएको दृढ अनुशासन, इमानदारिता र देशलाई परेको समयमा ज्यानको समेत प्रवाह नगरी जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने सोच र भावना हुनुपर्छ भन्ने तथ्य नै मूल कारण रहेको बताए । २१ फागुनको निर्वाचन र त्यसअघिको व्यवस्थापनमा सशस्त्र प्रहरीका करिब ३५ हजार जनशक्ति फिल्डमा खटिएका थिए । निर्वाचनमा दोस्रो सुरक्षा घेराका रुपमा सशस्त्रलाई तैनाथ गराइएको थियो । ‘२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षा फौजको लागि अग्नि परीक्षा जस्तो भएको थियो तर सफलतापूर्वक सम्पन्न भएको छ, यस अवसरमा सशस्त्र प्रहरी कर्मचारीहरूको पेशागत दक्षताको समेत संगठनले उच्च मुल्यांकन गरेको छ ।’

त्यसक्रममा अर्यालले संगठनमा जुनसुकै दर्जाका कर्मचारीहरूले आचरण विपरित कुनै पनि कार्य नगर्न र संगठनको बर्दी लगाएर संगठनविरुद्ध हुने कुनै पनि कार्य सैह्य नहुने भन्दै सचेत पनि गराएका थिए । संगठनको तटस्थ छवि उच्च बनाउन संगठनमा कार्यरत कर्मचारीहरूको भूमिका उल्लेखनीय रहने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौंमा १० दिनदेखि रोकिएको कतार एयरवेजको बोइङ ड्रिमलाइनर विमान आज राति १० बजे लण्डन उड्ने भएको छ । उडान सुरक्षासम्बन्धी क्षेत्रीय तनावका कारण नेपालमा रोकिएको उक्त विमान गैरनियमित (नन्–सेड्युल्ड) चार्टर उडान अनुमतिमार्फत लण्डनको हिथ्रो विमानस्थलसम्म पुग्नेछ । संयुक्त राज्य अमेरिका र इजरायलले १६ फागुनमा इरानमा संयुक्त सैन्य हमला गरेपछि खाडी क्षेत्रका ९ मुलुकमा हवाइ सुरक्षा ...
— बाग्मती प्रदेश सभा सदस्य पद त्यागेर प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका ५ जनामध्ये २ जना मात्रै निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गएका सुनिल केसी र युवराज दुलाल विजयी भएका हुन् । प्रदेशसभा सदस्य त्यागेर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका अमनकुमार मास्के, प्रकाश श्रेष्ठ र बसन्तप्रसाद मानन्धर पराजित भएका हुन् । सुनिल केसीले काठमाडौं–२ बाट ...
— जिल्ला अदालतबाट लागु औषध मुद्दामा सजायको फैसला भएपछि फरार रहेका बर्दिया मधुवन नगरपालिका–९ का ३२ वर्षीय ईश्वर परियारलाई प्रहरीले पक्राउ गरेको छ । अदालतले ४ कार्तिक ०८१ म दोषी ठहर गर्दै जेल र क्षतिपुर्तिको आदेश दिएको थियो । अदालतले ९ महिना २४ दिन कैद सजाय, ५० हजार क्षतिपुर्ति र १ हजार ८ सय रुपैयाा ...
— पूर्वसंघीय मन्त्री एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसहित दाङमा ५१ जनाको धरौटी जफत भएको छ । जिल्लामा तीन निर्वाचन क्षेत्रमा ६० उम्मेदवार रहेकामा ९ जनाको मात्र १० प्रतिशतभन्दा बढी मत कटेको छ । अन्य ५१ जनाको धरौटी जफत भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । क्षेत्र नं १ मा १४ जनामध्ये दुई जनाले मात्रै ...
— संखुवासभा क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्की १५ हजार ६ सय ३६ मत ल्याई निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी रास्वपाका उम्मेदवार मिङ्मा शेर्पालाई ६ सय ३६ मतान्तरले पराजित गरेका हुन् । पराजित शेर्पाले १५ हजार मत ल्याएका छन् । त्यसैगरी नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेका ...