मुख्य समाचार
बोतल र जेरिक्यानमा पेट्रोलियम बिक्री नगर्न आयल निगमको निर्देशन
बोतल र जेरिक्यानमा पेट्रोलियम बिक्री नगर्न आयल निगमको निर्देशन

। नेपाल आयल निगमले विभिन्न स्थानमा केही पसल तथा व्यक्तिहरूले बोतल तथा जेरिक्यानमा पेट्रोलियम पदार्थ ९पेट्रोल, डिजेल, मट्टीतेल आदि० बिक्री वितरण गरिरहेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न निर्देशन दिएको छ ।

निगमले सोमबार पेट्रोलियम डिलर्स एसोसिएसन, धनुषा र महोत्तरीलाई पत्र लेख्दै यस्तो निर्देशन जारी गरेको हो ।

सार्वजनिक गुनासो प्राप्त भएकातर्फ ध्यानाकर्षण भएको जनाउँदै निगमले अतिप्रज्ज्वलनशील पेट्रोलियम पदार्थ यसरी बिक्री गर्दा आगलागी तथा विस्फोटजस्ता दुर्घटनाको सम्भावना बढ्ने बताएको छ ।

पत्रमा विक्रेता तथा पेट्रोल पम्पहरूलाई बोतल र जेरिक्यानमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न र नगराउन निर्देशन दिइएको छ ।

निगमले डिलर्स एसोसिएसन मार्फत आफ्ना सदस्य तथा सर्वसाधारणलाई समेत सचेत गराउन र नजिकैको आधिकारिक विक्रेता र पेट्रोल पम्पबाट मात्र इन्धन खरिद गर्न जानकारी गराइदिन पनि अनुरोध गरेको छ ।

डिपो प्रमुख रञ्जित कपडीद्वारा हस्ताक्षरित पत्रमा निगमबाट अनुगमन गर्दा कैफियत भेटिए निगम विनियमावली र नेपाल सरकारको प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्युठानमा राष्ट्रिय जनमोर्चासहित ९ दलका उम्मेदवारको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा उनीहरू जमानत जोगाउन असफल भएका हुन् । कुनै समय मसालको ‘लाल किल्ला’ भनिने प्युठानमा उसैको खुला संगठन राष्ट्रिय जनमोर्चा (राजमो)का उम्मेदवार तिलकबहादुर जिसी ७ हजार ६५४ मतसहित पाँचौं ...
। प्रहरीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ सुपौली बजारबाट जगरनाथपुरतर्फ आउँदै गरेको मे.१ त ५७१४ नम्बरको ट्याक्टर छोडी चालक फरार भएका थिए । प्रहरीले उक्त ट्याक्टर तलासी गर्दा २२ वटा प्लाष्टिकको पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ...
। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजीनामा दिनेतिर नलागी छिटो महाधिवेशनमा जान सभापति गगन थापालाई सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो ।’ समस्या देखेर भाग्ने नभएर उपचार गरेर संगठन जोगाउनु साँचो नेतृत्वको कर्तव्य भएको उल्लेख गर्दै उनी लेख्छन्, ‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन । ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न रास्वपालाई सुझाव दिएका हुन् । उनले लेखेका छन्, ‘निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभूतपूर्व सफलता दिलाएको छ । यो निर्वाचनको ...
। ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र सरकारले तोकेको मूल्यभन्दा बढी लिने जोकोहीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै बजारमा ग्यास अभाव भएको र केही ठाउँमा विक्रेताहरूले अनुचित मूल्य लिएर उपभोक्तालाई मर्कामा पारेको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मध्यपूर्वमा देखिएको ...