मुख्य समाचार
विप्लवले चुनावमा आम चुनावमा खट्ने पार्टीका नेता कार्यकर्तालाई धन्यवाद दिएका छन्
विप्लवले चुनावमा आम चुनावमा खट्ने पार्टीका नेता कार्यकर्तालाई धन्यवाद दिएका छन्

। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले चुनावमा आम चुनावमा खट्ने पार्टीका नेता कार्यकर्तालाई धन्यवाद दिएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत् उनले क्रान्ति यात्राकै क्रममा चुनाव आएकोले यसलाई पार्टीले संघर्षको मोर्चाको रूपमा प्रयोग गरेको तर्क गरेका छन् ।

‘क्रान्तिको यात्रामा चुनाव आयो । चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्‍यौं,’ उनले भनेका छन्, ‘१३० ठाउँमा कमरेडहरू पार्टीको निर्णय अनुसार जोस र उत्साहका साथ मोर्चामा नेतृत्व गर्नुभयो । एकदमै मेहनतकासाथ जनतामाझ पुगेर पार्टीका विचार, नीति र उद्देश्य राख्नु भयो ।’

महासचिव विप्लवले चुनावका क्रममा जनताले सबैतिर सकारात्मक सद्भाव राखेको जिकिर गरेका छन् ।
‘परिणाम जे आए पनि यो हाम्रो साझा लडाइँ हो। संसद‍्‍मा पुगेर मात्र होइन, जनताको बीचबाट देश र जनताको हितमा डटेर संघर्ष र निर्माणको नेतृत्व गरिनेछ,’ उनले लेखेका छन् ।

विप्लपले भनेका छन्, ‘पूँजीवाद रहेसम्म समाजवादी-साम्यवादी क्रान्ति जारी रहनेछ ।’

नेकपा (माओवादी) ले सोमबार साँझसम्म समानुपातिकतर्फ देशभरिबाट २२ हजार ११८ मत पाएको छ भने प्रत्यक्षतर्फ पनि उम्मेदवारहरूले निकै कम मात्र मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिनिधिसभा निर्वाचन २०८२ को नतिजाले पुराना दलहरूलाई रास्वपाले निकै ठूलो धक्का दिएको छ । देशभरबाट प्राप्त अन्तिम मतपरिणाम तथा मतान्तरको तथ्याङ्क विश्लेषण गर्दा राष्ट्रिय स्वतन्त्र रास्वपाका ६७ उम्मेदवारहरूले २० देखि ५० हजार बढीको विशाल मतान्तरसहित सानदार जित हासिल गरेका छन्। परम्परागत शक्तिहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूलाई ठूलो अन्तरले पछि पार्दै रास्वपाले ...
। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्युठानमा राष्ट्रिय जनमोर्चासहित ९ दलका उम्मेदवारको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा उनीहरू जमानत जोगाउन असफल भएका हुन् । कुनै समय मसालको ‘लाल किल्ला’ भनिने प्युठानमा उसैको खुला संगठन राष्ट्रिय जनमोर्चा (राजमो)का उम्मेदवार तिलकबहादुर जिसी ७ हजार ६५४ मतसहित पाँचौं ...
। प्रहरीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ सुपौली बजारबाट जगरनाथपुरतर्फ आउँदै गरेको मे.१ त ५७१४ नम्बरको ट्याक्टर छोडी चालक फरार भएका थिए । प्रहरीले उक्त ट्याक्टर तलासी गर्दा २२ वटा प्लाष्टिकको पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ...
। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजीनामा दिनेतिर नलागी छिटो महाधिवेशनमा जान सभापति गगन थापालाई सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो ।’ समस्या देखेर भाग्ने नभएर उपचार गरेर संगठन जोगाउनु साँचो नेतृत्वको कर्तव्य भएको उल्लेख गर्दै उनी लेख्छन्, ‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन । ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न रास्वपालाई सुझाव दिएका हुन् । उनले लेखेका छन्, ‘निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभूतपूर्व सफलता दिलाएको छ । यो निर्वाचनको ...