मुख्य समाचार
निम्तिएको बढ्दो ऊर्जा संकटका बीच बिजुली र इन्धन बचत गर्नका लागि बंगलादेशले सोमबारदेखि सबै विश्वविद्यालयहरू बन्द गर्ने
निम्तिएको बढ्दो ऊर्जा संकटका बीच बिजुली र इन्धन बचत गर्नका लागि बंगलादेशले सोमबारदेखि सबै विश्वविद्यालयहरू बन्द गर्ने

। मध्यपूर्वमा जारी द्वन्द्वका कारण निम्तिएको बढ्दो ऊर्जा संकटका बीच बिजुली र इन्धन बचत गर्नका लागि बंगलादेशले सोमबारदेखि सबै विश्वविद्यालयहरू बन्द गर्ने भएको छ। योसँगै त्यहाँ इद-उल-फित्रको बिदा पनि अगाडि सारिएको छ।

सार्वजनिक र निजी दुवै क्षेत्रका विश्वविद्यालयहरूमा लागु हुने गरी अधिकारीहरूले यो निर्णय गरेका हुन्। यस कदमले बिजुलीको खपत घटाउनुका साथै सवारी साधनको चापलाई कम गरी इन्धनको अधिक प्रयोग रोक्न मद्दत पुग्ने विश्वास अधिकारीहरूले व्यक्त गरेका छन्।

विश्वविद्यालयका क्याम्पसहरूमा रहेका आवास गृह, कक्षाकोठा, प्रयोगशाला र एयर कन्डिसनिनिंगले धेरै मात्रामा बिजुली खपत गर्ने भएकाले बिदा अगाडि सार्दा देशको दबाबमा रहेको विद्युत प्रणालीलाई राहत पुग्ने अधिकारीहरूले बताएका छन्।

बंगलादेशका सरकारी तथा निजी विद्यालयहरू मुस्लिम समुदायको पवित्र महिना रमजानका लागि पहिले नै बन्द भइसकेका छन्, जसको अर्थ अब देशका अधिकांश शैक्षिक संस्थाहरू यस अवधिभर बन्द रहनेछन्।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा बजारमा आएको अवरोधसँगै बंगलादेशले इन्धन र ग्यास आपूर्तिमा बढ्दो अनिश्चितता खेपिरहेका बेला सरकारले यस्तो कदम चालेको हो।

आफ्नो ऊर्जा आवश्यकताको ९५ प्रतिशत हिस्सा आयातमा निर्भर रहेको बंगलादेशले सर्वसाधारणमा देखिएको त्रास र इन्धन भण्डारण गर्ने प्रवृत्तिका कारण शुक्रबारदेखि इन्धन बिक्रीमा दैनिक सीमा तोकेको छ।

व्यापक आर्थिक मितव्ययिता अपनाउने योजना अनुरूप सरकारले विदेशी पाठ्यक्रममा विद्यालय र निजी कोचिङ सेन्टरहरूलाई पनि बिजुलीको खपत कम गर्न यस अवधिमा आफ्ना गतिविधिहरू स्थगित गर्न निर्देशन दिएको छ।

ग्यासको चरम अभावका कारण बंगलादेशले आफ्ना पाँचमध्ये चारवटा सरकारी मल कारखानाहरू बन्द गर्न बाध्य भएको छ र त्यहाँबाट बचेको ग्यासलाई विद्युत् कटौती हुन नदिनका लागि पावर प्लान्टतर्फ पठाउन थालिएको छ।

यसका साथै बंगलादेशले उच्च मूल्य तिरेर स्पट मार्केटबाट तरल प्राकृतिक ग्यास (एलएनजी) खरिद गरेको छ र आपूर्तिको खाडल कम गर्नका लागि थप कार्गोहरूको खोजी गरिरहेको छ।

ऊर्जा मन्त्रालयका एक वरिष्ठ अधिकारीले सरकारले खपत घटाउन र बिजुली, इन्धन तथा आयातित सामग्रीको आपूर्तिमा स्थिरता ल्याउनका लागि हरसम्भव प्रयास गरिरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम