मुख्य समाचार
मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प र पुटिनबीच कुराकानी
मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प र पुटिनबीच कुराकानी

। इरानमा युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सेनाको अभियान चाँडै सकिन सक्ने तर यो हप्ता नै समाप्त नहुने बताएका छन् ।

ट्रम्पले भनेका छन्, ‘इरानसँग जे–जे थियो, लगभग सबै समाप्त भइसकेको छ, यहाँसम्म कि उनीहरूको नेतृत्व पनि कमजोर भइसकेको छ ।’

फेब्रुअरी महिनाको अन्त्यतिर अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण गरेका थिए । त्यसपछि मध्यपूर्वका देशहरूमा तनाव बढिरहेको छ ।

यस तनावबारे रुसी राष्ट्रपति पुटिनसँग कुराकानी गरेको ट्रम्पले बताएका छन् । कुराकानीको क्रममा मध्यपूर्वको अवस्थाबारे पनि छलफल भएको र पुटिनले सहयोग गर्न चाहेको ट्रम्पको भनाइ छ ।

ट्रम्पका अनुसार उनले पुटिनलाई ‘यदि तपाईं युक्रेनको युद्ध अन्त्य गराउन मद्दत गर्न सक्नुहुन्छ भने, त्यो अझ उपयोगी हुनेछ’ भनेका थिए ।

अमेरिकी र इजरायली आक्रमणबाट इरानका सर्वोच्च नेता अली खामेनीसहितका शीर्ष नेताहरु मरिएका थिए । अलि खामेनी मारिएपछि इरानले उनकै छोरा मोज्तबा खामेनीलाई सर्वोच्च नेता चयन गरेको छ ।

रूसी राष्ट्रपति पुटिनले सोमबार मोजतबा खामेनीलाई इरानको नयाँ सुप्रिम लिडर बनेकोमा बधाई दिएका थिए । रुसी राष्ट्रपतिले भनेका थिए, ‘तेहरानका लागि रूसले आफ्नो अटल समर्थन र इरानी साथीहरूसँगको एकता पुन: पुष्टि गर्दछ । हामी सधैं भरपर्दो साझेदार रहने बाचा गर्दछौं ।’

तर ट्रम्पले इरानको नयाँ नेताका मोजतबा खामेनीलाई धेरै मानिसहरूले राम्रोसँग नचिनेको र आफू खुसी नभएको बताएका छन् ।

ट्रम्पले आफूले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गर्दा युक्रेनमा जारी युद्धबारे पनि छलफल गरेको बताएका छन् । र कुराकानी सकारात्मक भएको बताएका छन् ।

ट्रम्पले भनेका छन्, ‘युक्रेनको युद्ध यस्तो संघर्ष हो, जसको अन्त्य नजिकै देखिँदैन । राष्ट्रपति पुटिन र भ्लोदोमिर जेलेन्स्कीबीच गहिरो दुश्मनी छ र उनीहरू कुनै सहमतिमा पुग्न सकेका छैनन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम