मुख्य समाचार
ए डिभिजन लिगको उद्घाटन खेल आउँदो ३० चैतमा गर्ने
ए डिभिजन लिगको उद्घाटन खेल आउँदो ३० चैतमा गर्ने

। अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच ए डिभिजन लिगको उद्घाटन खेल आउँदो ३० चैतमा गर्ने सहमति भएको छ ।

मंगलबार एन्फा र खेलाडी संघबीच भएको छलफलपछि जुटेको सहमतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले सहमतिबारे जानकारी दिएका हुन् ।

खेलाडी संघले राखेका मागहरूको अन्य बुँदामा पनि सहमतिमा पुगेको शाहले जानकारी दिएका छन् ।

यसअघि आइतबार खेलाडी संघले विभिन्न मागहरू राखेर एन्फा मुख्यालयमा तालाबन्दी गरेको थियो ।

सहमति भएपछि आजै एन्फा मुख्यालयको ताला खोलिसकिएको छ ।

खेलाडी संघका अध्यक्ष विक्रम लामाले लामो समयको संघर्षपछि एन्फा लिग गराउने विषयमा स्पष्ट भएको बताए। ‘लामो समयको सडक संघर्षपछि एन्फाले लिग गर्छौं भन्ने धारणा राख्नुभयो र मिति पनि तोक्नुभयो। यसअघि गर्छौं–गर्छौं भने पनि मिति तोकिएको थिएन। हामी लगातार संघर्ष गर्दै अन्ततः ताल्चा लगाउने स्थितिमा पनि पुगेका थियौं’ उनले भने ।

एन्फाका प्रतियोगिता निर्देशक सन्जिव मिश्रले खेलाडी संघसँग भएको सहमतिअनुसार ए डिभिजन लिगको उद्घाटन खेल चैत ३० मा गर्ने निर्णय भएको बताएका छन्। उनले राष्ट्रिय लिगको तालिका संशोधन गरेर लिगका लागि समय मिलाउने योजना रहेको पनि जानकारी दिए।

मिश्रले भने, ‘खेलाडी संघसँग सम्झौता भएअनुसार चैतबाटै लिग सुरु गर्नुपर्छ भन्ने सहमति भएकाले चैत ३० गते उद्घाटन खेल गर्ने तय भएको हो। राष्ट्रिय लिग चैत ३० सम्म चल्ने तालिका भए पनि त्यसलाई रिभाइज गरेर केही अगाडि सकाउने योजना छ। चैत ३० गते एउटा खेल गरेर वैशाख २० गतेदेखि नियमित रूपमा लिगका खेल सुरु गर्ने तयारी छ।’

विसं २०७९ मा पछिल्लो संस्करणको ए डिभिजन लिग भएपछि नयाँ सिजन सुरु हुन सकेको छैन । ए डिभिजन लिग सुरु नभएको १००० दिनभन्दा बढी भइसकेको छ ।

यस्तै प्रवक्ता सुरेश शाहले थ्रीस्टार क्लब र एपीएफ क्लबमध्ये कुन टोली ए डिभिजनमा रहने भन्ने विषय आधिकारिक निर्णय आएपछि मात्रै टुंगो लाग्ने बताएका छन्।

उनले भने, ‘थ्री स्टार र एपीएफमध्ये कुन क्लब ए डिभिजनमा रहने भन्ने विषयमा आधिकारिक फैसला आएपछि अन्तिम निर्णय हुनेछ।’

छलफलमा दुवै पक्षका प्रतिनिधि सहभागी भएका थिए। खेलाडी संघतर्फबाट अध्यक्ष विक्रम लामा, खेलाडीहरू विकेश कुथु, रोहित चन्द, विराज महर्जन र अन्जन विष्ट सहभागी थिए।

एन्फातर्फबाट सचिवालय कार्यसमिति सदस्यहरू, महासचिव किरण राई, इन्द्रमान तुलाधार, रविन्द्र जोशी र प्रवक्ता सुरेश शाहलगायत उपस्थित थिए। एन्फा अध्यक्ष बाहिर रहेको कारण सम्झौताका बेला उपस्थित हुन नसकेको प्रवक्ता सुरेश शाहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम