मुख्य समाचार
नेपाललाई पाकिस्तानी विदेशमन्त्रीको बधाई
नेपाललाई पाकिस्तानी विदेशमन्त्रीको बधाई

। पाकिस्तानले प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ । उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दरले एक सन्देशमार्फत नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गरेका हुन् । काठमाडौंस्थित पाकिस्तानी दूतावासले विदेशमन्त्री दरले नेपाल सरकारलाई बधाई सन्देश पठाएको जनाएको छ ।

पाकिस्तानले नेपालसँगको भ्रातृपूर्ण सम्बन्धलाई अत्यन्त महत्व दिने उल्लेख गर्दै विदेशमन्त्री दरले दुई देशबीचको दीर्घकालीन मित्रतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

यस्तै नेपालमा बन्ने नयाँ सरकारसँग नजिकबाट सहकार्य गर्दै द्विपक्षीय सहयोगका नयाँ क्षेत्रहरू विस्तार गर्ने तथा क्षेत्रीय शान्ति र समृद्धि प्रवर्द्धनका लागि मिलेर काम गर्ने सन्देशमा उल्लेख गरेका छन् । –रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकाको हवाई यातायात प्रणाली सामान्य अवस्थामा फर्कनका लागि कम्तीमा आइतबार रातिसम्म प्रतिक्षा गर्नुपर्ने सङ्घीय उड्डयन प्रशासन (एफएए) का प्रमुख ब्रायन बेडफोर्डले बताएका छन् । नियमित मर्मतसम्भारका क्रममा भएको प्राविधिक त्रुटिका कारण शुक्रबार देशभरका उडानहरू ठप्प भएका हुन् । हवाई उडानसम्बन्धी तथ्याङ्क राख्ने वेबसाइट फ्लाइटअवेयरका अनुसार शनिबार रातिसम्म अमेरिकामा ६ हजार ४ सयभन्दा बढी ...
: म्यानमाको पश्चिमी राज्य राखाइनमा गृहयुद्धका कारण विस्थापित मानिसहरू बस्दै आएको शिविरमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा पाँच वर्षीय बालकसहित १८ जना घाइते भएका छन् । शनिबार प्रत्यक्षदर्शी तथा उद्धारकर्मीले दिएको जानकारीअनुसार शुक्रबार साँझ सितवेबाट उत्तरपूर्वमा पर्ने पोन्नाग्युन टाउनसिपस्थित ‘ब्यार ला’ विस्थापित शिविरमा आक्रमण भएको हो । आक्रमणमा महिला तथा ...
: गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणको पाकिस्तानसहित १८ मुस्लिम देशले कडा निन्दा गरेका छन् । शनिबार कतारको विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको संयुक्त विज्ञप्तिमा ती देशले आक्रमणको विरोध गर्दै यसलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भनेका छन् । बीबीसीका अनुसार विज्ञप्तिमा १८ देशका विदेशमन्त्रीले हस्ताक्षर गरेका छन् । संयुक्त विज्ञप्तिमा ...
: अमेरिकाको हवाई ट्राफिक नियन्त्रण प्रणालीमा सञ्चारसम्बन्धी समस्या देखिएपछि देशभरका सबै हवाई उडान रोकिएका छन् । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार असाधारण परिस्थिति र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागि सबै उडान रोक्ने आदेश दिएको हो । एफएएका अनुसार देशभर उडान सञ्चालन गर्ने विमानहरूको निगरानी तथा व्यवस्थापन गर्ने एयर रुट ट्राफिक कन्ट्रोल ...
: इन्डियन प्रिमियर लिग (आईपीएल) का संस्थापक तथा पूर्व अध्यक्ष ललित मोदीले बेलायती नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले बेलायती नागरिकता पाएको जानकारी दिँदै खुसी व्यक्त गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले शनिबार अक्सफोर्ड युनिभर्सिटीमा आयोजित कार्यक्रममा आफूले बेलायती नागरिकता प्राप्त गरेको खुलासा गरेका हुन् । उनले गत सेप्टेम्बर १५ मै नागरिकता ...